बस्नेतलाई थुनेर समस्या समाधान नहुने हाउजिङ ब्यवसायीहरुको धारणा

३ माघ २०६९, बुधबार १९:३५ मा प्रकाशित

काठमाडौ, ३ माघ । ठगीको आरोपमा हनुमान ढोका प्रहरीको हिरासतमा रहेका ब्यवसायी सुधीर बस्नेतलाई थुनेर समस्याको समाधान हुनै नसक्ने ठोकुवा हाउजिङ ब्यवसायीहरुले गरेका छन् ।
बस्नेतआवद्ध ओरिएण्टल हाउजिङका कर्मचारी र नेपाल जग्गा तथा आवास विकास संघका पदाधिकारीहरुले संघका अध्यक्ष बस्नेतको समस्या ठूलो नभएको भन्दै उनलाई रिहा गरेर उपभोक्ता र सरकारसँगको छलफलबाट समस्याको समाधान गर्न सकिने दावी गरे । उनीहरुले सामान्य ब्यवस्थापकीय कमजोरीका कारण मात्रै समस्या आएको उल्लेख गर्दै यो समस्यालाई ठूलो बनाए यसले मुलुक, ब्यवसायी र उपभोक्ता सबैलाई नोक्सानी गर्ने चेतावनी दिए ।
बस्नेतले तिर्नुपर्ने भन्दा सम्पत्ति दोब्बर–तेब्बर रहेकोले हनुमानढोकाबाट उनलाई रिहा गरे सबैको समस्या समाधान हुने ठकर व्यावसायीहरुको छ ।
बैंकले हाउजिङमा पहिला लगानी गरेर पछि लगानी रोकेको र क्रमैसँग आठ प्रतिसतको ब्याजदरलाई १६ प्रतिसतसम्म पुर्याएकोले केही समस्या उत्पन्न भएको जिकिर गर्दै राज्यको गलत नीतिको कारण आएको समस्यामा राज्य मुकदर्शक बन्न नहुने जिकिर उनीहरुको छ ।
संघका उपाध्यक्ष इच्छाबहादुरले बैंकले थप ऋण नदिँदै बाहिर पुँजी परिचाल गर्नुपर्ने बाध्यताले सुधिर बस्नेतको समस्या आएको दावी गर्दै अरवौको कारोवार गर्नेलाई केही करोड रुपैयाको काण्डमै थुन्नुले कसैलाई पनि राम्रो नगर्ने चेतावनी दिए  ।
उनलेले एक ब्यवसायीलाई पक्रेर बैंकले लिलामी निकाल्दा बैकर्स सहित कसैको पनि हित हुनै नसक्ने भन्दै बस्नेत काण्डलाई ठगिको उपमा दिएर राज्यले समस्या उत्पन्न गरेको तर्क गरे । उनले सरकारले अहिले नै यो समस्यालाई बुझेर समाधान नखोजे कालान्तरमा यसले सरकार र अर्थतन्त्र नै अप्ठ्ेरोमा पर्ने दावी गरे ।
सुधिर बस्नेतका पिता सुशील बस्नेतले ब्यवसायमा केही तलमाथि हुँदैमा सुधिरलाई थुन्दा धेरैलाई नोक्सानी हुने भन्दै उसलाई बाहिर निकाले काम गर्न दिए सबैको पैसाको उचित ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
एयरलाइन्स एसोसीएट विनोद पुरीले नाफामा चलिरहेको एयरलाईन्सलाई चलाउन दिए अहिलेको समस्या अग्नी एयरले नै समाधान गर्न सक्ने दावी गर्दै बस्नेतलाई थुनेर बैंकलाई फाईदा नभएको दावी गरे । ब्यापारमा तलमाथि हुनु स्वभाविक भएको भन्दै थुनेर समस्याको समाधान कुनै पनि हालतमा निस्कन नसक्ने ठोकुवा गरे ।
पत्रकार सम्मेलनमा बस्नेत स्वामित्वको ओरिएण्टल विल्डर्स र अग्नी एयरको गरी १ अर्व ४ करोड बराबरको सम्पत्ति रहेकोमा ६५ करोडमात्रै ऋण रहेकोले कसैले पनि डराउनु पर्ने अवस्था नरहेको दावी गरिएको थियो । त्यसैगरी सो बाहेक बस्नेत स्वामित्वमा अन्य सम्पत्ति समेत रहेकोले बस्नेतको रिहाईकोलागि दवाव दिन उपभोक्ता समेतलाई आग्रह गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल