कांग्रेसका भातृ संगठनले गरे आन्दोलनको उद्घोष

३ माघ २०६९, बुधबार १९:२३ मा प्रकाशित

काठमाडौं, ३ माघ । नेपाली कांग्रेससम्बद्ध तीन भातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघले पत्रकार हत्या, महिला हिंसा, भ्रष्टाचारको विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेका छन् ।
हत्यारालाइ उन्मुक्ति दिनको लागि ठाडो उर्दी जारी गर्नु  कानुनको उपहार लोकतन्त्र र विधिको शासनको उल्लघन भएको भन्दै यसलाई नमान्ने प्रधानमन्त्रीलाई सत्ताच्युत गर्न चरणबद्ध आन्दोलनको घोषणा गर्नु परेको बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले बताए ।
घोषित आन्दोलनका कार्यक्रममा माघ ४ गते दिउँसो १२ः३० बजे शान्तिबाटिकाबाट विरोध जुलुस सुरु गरेर इन्द्रचौकमा पुगी सभा गर्ने, माघ ७ गते, काठमाडौंमा दिनको ४ः०० बजे प्रधानमन्त्रीको शवयात्रा गर्ने, ८ गते नेपाली काँग्रेस भातृ तथा सुभेच्छुक संस्थाको अन्तरक्रिया पार्टी कार्यालय सानेपामा गर्ने, १० गते नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ र नागरिक समाजको उपस्थितिमा महिला हिंसा, पत्रकार हत्याको विरोधमा ७५ वटै जिल्लामा अन्तरक्रिया कार्यक्रम गर्ने जस्ता रहेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले बाबुराम भट्टराईको सरकार भ्रष्टाचारी, आतंककारी, जनतामाराको सरकार भएको आरोप लगाए । उनले भने– यो सरकारलाई सत्तच्युत गर्न आन्दोलनको विकल्प छैन, त्यस कारण अन्तिम निर्णायक जनता भएकाले हामीले जनतामै जाने निर्णय लिएका हौं ।
नेपाल तरुण दलका अध्यक्ष उदय शमशेर राणाले डेकेन्द्र थापालगायत जनयुद्धमा मारिएका सबै हत्याराहरुलाई कानुनको कठघरामा ल्याएरै छाचड्ने चेतावनी दिए ।  उनले भने– हाम्रो आन्दोलन बाबुराम भट्टराईको सत्ताच्युतको लागि हो, भ्रष्टाचारीहरुको लागि हो, महिला हिंसा र सरकारको रवैयाका लागि हो ।
नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले अराजकतावादी र भ्रष्टाचारी सरकारलाई आन्दोलनबाटै हटाउने चेतावनी दिए ।
उनले भने– यो सरकारले नेपाली जनतालाई दिएको हत्या, हिंसा र दण्डहीनता, महंगीबाट आक्रान्त भएको मुलुकलाई निकास दिनका लागि आन्दोलन गरिएको हो, हामी आन्दोलनबाटै यो सरकारलाई सडकमा ल्याउँछौं ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार