सेनाको लोकतान्त्रिकीकरण गर्न भन्दै रक्षा मन्त्री गच्छदारको संयोजकत्वमा समिति गठन

१५ चैत्र २०६८, बुधबार ०२:१७ मा प्रकाशित

काठमाडौ, १५ चैत । सरकारले सेनाको लोकतान्त्रिकीकरण गर्न भन्दै रक्षा मन्त्री समेत रहनु भएका उप-प्रधानमन्त्रि बिजयकुमार गच्छदारको संयोजकत्वमा तीन सदस्य रहेको गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद्, राजनीतिक समितिको बैठकले रक्षा मन्त्री समेत रहनु भएका उप-प्रधानमन्त्रि बिजयकुमार गच्छदारको संयोजकत्वमा रहेको समितिलाई राष्ट्रिय सुरक्षा नीति २०६७ का सम्बन्धमा अध्ययन गर्ने जिम्मेवारी समेत तोकेको छ । समितिका थप सदस्यहरुमा भौतिक योजना तथा निर्माण मन्त्री र अर्थमन्त्री रहेका छन् ।

त्यसैगरी राजनीतिक समितिको बैठकले क्षेत्रीय प्रशासकहरुको सम्बन्धमा यसघि गृहमन्त्रालयप्रतिमात्र जिम्मेवार रहने ब्यबस्था रहेकोमा क्षेत्रीय प्रशासन कार्यालयलाई प्रधानमन्त्री कार्यालयप्रति पनि प्रतिबद्ध रहने नयाँ व्यवस्था गरेको छ ।

यसै गरि क्षेत्रीय प्रशासन कार्यालयलाई विकास निर्माण तथा अन्य काम कारबाहीको अनुगमन गर्ने थप जिम्मेवारी पनि दिइएको छ ।

आर्थिक वर्ष २०६८/६९ मा घोषणा गरिएका ४१ वटा नयाँ नगरपालिकाको कार्यान्वयनका लागि भौतिक योजना तथा निर्माणमन्त्रीको संयोजकत्वमा थप समिति समेत गठन गरिएको छ ।

गठन गरिएको समितिमा स्थानीय विकासमन्त्री, मुख्य सचिव भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव, स्थानीय विकास मन्त्रालयका सचिवलगायत आठजना सदस्य रहने व्यवस्था गरिएको छ । समितिले प्रतिवेदन तयार गरी मन्त्रिपरिषद्कै राजनीतिक समितिमा पेस गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको