‘शरणार्थी’द्वारा राजदूतलाई दुःख दिन अनलाइन सेवा

३ माघ २०६९, बुधबार १५:१९ मा प्रकाशित

काठमाडौं, ३ माघ । नेपाली राजदूत तथा राजदूतावासहरूको प्रतिष्ठामा धक्का पुरयाउने कार्यमा संलग्न रहँदै आएका एक व्यक्तिले बेल्जियमस्थित केहीअघि मात्र नियुक्त राजदूत राममणि पोखरेलविरुद्ध अनर्गल प्रलाप सुरु गरेको परराष्ट्र मन्त्रालय सूत्रले जनाएको छ । निजले यसअघि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे र फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठका विरुद्ध जथाभावी लेखी अनलाइनमार्फत प्रचार गर्ने गरेका थिए । दधिराम सापकोटा नामका ती व्यक्तिले नेपाली कूटनयिकहरूको विरुद्ध जथाभावी लेखेर प्रचारबाजी गर्न अनलाइन सेवाको प्रयोग गरिरहेको बुझिएको छ ।
एक दशकअघि फ्रान्स पसेर आफूलाई शरणार्थी बनाएका सापकोटाले युरोपका खास–खास मुलुकमा कुनै पनि व्यक्ति राजदूत भई गएपछि तिनको विरुद्ध जथाभावी लेख्ने र सम्झौताको निमित बाध्य गराई रकम असुल गर्न गरेको परराष्ट्र सूत्रको दाबी छ । बेल्जियमबाट प्राप्त जानकारीअनुसार सापकोटा अहिले राजदूत राममणि पोखरेललाई बद्नाम गराउन फ्रान्सबाट बेल्जियममै पुगेका छन् । तर, पोखरेलले सापकोटाको वास्ता नगरेपछि उनी पोखरेललाई नेपाल फर्काउने स्थिति बनाएर छोड्ने अठोटसहित बेल्जियममै डेरा जमाएर बसेको बताइन्छ ।
यसअघि पेरिसस्थित राजदूत मोहनकृष्ण श्रेष्ठका विरुद्ध पनि सापकोटा यसरी नै जाइलागेका थिए । आफ्ना राजदूत तथा अन्य कुटनयिकहरूको विश्वासनीयता बढाउने भूमिका निर्वाह गर्नुपर्नेमा शरणार्थी सापकोटाले ठीक विपरीत भूमिका निर्वाह गर्नुको रहस्य केही प्रवासी नेपालीका निम्ति समेत खोजीको विषय बनेको छ । पेरिसस्थित राजदूतावासका तत्कालिक कन्सुलर जीवनप्रकाश श्रेष्ठसँग गठबन्धन गरी अनुचित कमाइधन्दामा लागेका सापकोटाको आम्दानीमा मोहनकृष्ण श्रेष्ठ राजदूत भएर जानुभएपछि पूर्णविराम लागेको थियो । सापकोटा पेरिसमा अवैध बसोबास गरिरहेका बंगलादेशीहरूको खोजी गरी तिनीहरूलाई जीवनप्रकाशमार्फत नेपाली राहदानी उपलब्ध गराउने र मोटो रकम असुली बाँचचुँड गरेर खाने धन्दामा संलग्न रहने गरेको बेल्जियमस्थित नेपालीको एक संस्थामा आबद्ध सदस्यले जनाएका छन् । जीवनप्रकाश श्रेष्ठ र सापकोटा मिलेर पेरिसस्थित नेपाली राजदूतको आवास भवन बिक्री गरी कमिसनबापत करोडौँ हात पार्ने योजना रहेकै बेला मोहनकृष्ण श्रेष्ठ राजदूत भई पेरिस पुगेपछि उनीहरूको योजना तुहिएको थियो । राजदूत श्रेष्ठले आवास बिक्री योजना रोकी सो भवनको मर्मतसम्भार गरेर सुन्दर र बस्नयोग्य बनाएपछि सापकोटा र जीवनप्रकाश दुवै मोहनकृष्ण श्रेष्ठविरुद्धको प्रचारबाजीमा उत्रिएका थिए । आफूविरुद्ध अनर्गल प्रलाप गरिरहेका सापकोटासँग सम्झौता गर्नुको सट्टा राजदूत श्रेष्ठले निजलाई कानुनी कारबाही गर्ने अग्रसरता लिएपछि अहिले सापकोटा बेल्जियम पुगेको र राजदूत राममणि पोखरेसँग बार्गेनिङ गर्ने काम गरिरहेको बुझिएको छ । सापकोटाको धन्दाबारे युरोपमा बसोबास गर्ने नेपालीहरूले समेत जानकारी पाइसकेकाले अब कुनै पनि दिन निजका विरुद्ध ठूलै कारबाही हुनसक्ने अनुमान समाचार सूत्रले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा।नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

आजको प्रमुख समाचार