दैलेखमा अनुसन्धान रोक्न खोज्नेहरुको पुत्ला दहन

३ माघ २०६९, बुधबार १५:०४ मा प्रकाशित

काठमाडौं, ३ माघ । पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तलाई जोगाउन खोज्ने प्रधानमन्त्री र महान्यायाधिवक्ताको कदमप्रति जनमानसमा उब्जिएको आक्रोशमा कमी आएको छैन । देशका विभिन्न स्थानमा यस कार्यको आआफ्नै शैली र स्तरमा बिरोध जनाउने क्रम जारी छ । यही क्रममा पत्रकारको हत्यामा संलग्नलाई बचाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका पत्रकारले बुधबार जाजरकोटमा प्रधानमन्त्री बाबुराम भट्टराई र महान्याधिवक्ता मुक्तिप्रधानको पुत्ला दहन गरेका छन्।
स्थानीय पत्रकारहरुको पहलमा भएको जुलुससमेत निकालिएको सो बिरोध कार्यक्रममा विभिन्न राजनीतिक दलका कार्यकर्ता, विद्यार्थी, शिक्षक, व्यापारी तथा नागरिक समाजका प्रतिनिधि कालोपट्टि बाँधेर सहभागी भए। बिरोधकै सिलसिलामा प्रेस चौतारी नेपाल जाजरकोटको अगुवाइमा निकालिएको सिठी जुलुसले खलंगा बजार परिक्रमा गरेको थियो भने सर्वोच्च अदालतको फैसलाको स्वागत पनि गरिएको थियो ।
पत्रकारका हत्यारालाइ कारवाही गर्नु पर्ने तथा दण्डहिनताका अन्त्य गर्नु पर्ने माग लेखिएका व्यानर, प्रधानमन्त्री र महान्याधिवक्ताका पुत्ला र प्लेकार्डसहित गैरीखालीबाट सुरु भएको जुलुस ठाँटीबजारमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभापछि जुलुसका सहभागीले प्रधानमन्त्री तथा महान्याधिवक्ताको पुत्ला जलाएका छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार