दुर्घटनाबाट मलेसियामा दुई युवाको मृत्यु, रुपन्देहीमा दुई महिलाको हत्या

३ माघ २०६९, बुधबार १४:४९ मा प्रकाशित

काठमाडौं, ३ माघ । कामका लागि विदेश गएका नेपाली युवाको मृत्युको घटना नौलो होइन । यही श्रृंखलाको निरन्तरतका रुपमा हिजो मंगलबार बेलुका मलेसियाको हुलु तेरेङगानुस्थित एक कारखानामा कार्यरत दुई नेपाली युवाको मृत्यु भएको छ । कारखानामा रहेको मेसिन अचानक पड्किएर दुई नेपाली र एक मलेसियन कामदारको मृत्य्ु भएको बताइएको छ । एक नेपालीसहित अन्य चारजना सख्त घाइते भएका छन् ।
समाचारमा जनाइएअनुसार उक्त दुर्घटनामा ३० बर्षीय प्रमोदकुमार रोय र २६ वर्षीय कुमार पासवानको मृत्यु भएको हो । उनीहरुको नेपालको ठेगाना हालसम्म जानकारीमा आएको छैन । पाल्म ओयलसम्बन्धी सो कारखानामा तेल पकाउने मेसिन तातेर अचानक पड्किएको प्रारम्भिक जानकारी दिइएको छ ।
यसैबीच यता रुपन्देहीको हर्नैया गाविस वडा नं ३ मा दुई महिलाको शव फेलापरेको छ । स्थानीय ३० वर्षीया आरती लोध र ४० वर्षीया वसन्ती थारुको घाँटी रेटी हत्या गरिएको अवस्थामाप्रहरीले शव फेलापारेको हो । सोही गाविस वडा नं ३ कुमार गाउँको माछा पोखरीको किनारामा मङ्गलबार राति ती महिलाको शव ४० मिटरको दूरीमा भेटिएको हो भने कसले हत्या गरेको भन्ने विषयमा हालसम्म सुराक नमिलेको र अनुसन्धान जारी रहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ।नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

आजको प्रमुख समाचार