रुपन्देहीका उद्योगपतिहरुलाई भारतीय राजदूतले दिए आश्वासन

३ माघ २०६९, बुधबार ०९:०२ मा प्रकाशित

रुपन्देही, ३ माघ । रुपन्देही उद्योग संघको पदाधिकारी टोलीले भारतीय राजदुत जयन्त प्रसादसँग भेटघाट गरेको छ ।टोलीले नेपाल—भारत लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मंगलबार लुम्बिनी आएका राजदुतसँग होटल कसाइमा भेटघाट गरेको हो । भेटघाटका क्रममा संघका अध्यक्ष तेजकुमार पाठकले संघका गतिविधि, जिल्ला एवं राज्यको औद्योगिक अवस्था, भन्सारमा रहेका समस्याहरुबारे राजदुतलाई जानकारी गराए ।
अध्यक्ष पाठकले संघले अगाडि सारेका दीर्घकालीन योजनाहरु सम्बन्धमा पनि राजदुतलाई जानकारी गराए । संघले अगाडि सारेका मुटु अस्पताल स्थापना, औद्योगिक क्षेत्र स्थापना, शववाहन संचालन लगायतका योजनामा भएका प्रगति र भावी योजना सम्बन्धमा पनि टोलीले जानकारी गराएको थियो । संघको योजनाहरु सम्बन्धमा भारतीय राजदुत जयन्त प्रसाले गहिरो चासो देखाएका र आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकासमेत संघले जनाएको छ ।
टोलीले गत सोमवार भारतीय पर्यटन मन्त्रालयका सचिवस्तरका पदाधिकारीसँग समेत भेटघाट गरेको थियो । टोलीमा संघका निर्वतमान अध्यक्ष एजाज आलम, प्रथम उपाध्यक्ष वोनिन पिया, महासचिव गणेशप्रसाद अधिकारी र प्रमुख र्कायकारी अधिकृत यादवप्रसाद भण्डारीको सहभागिता रहेको थियो ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार