उपभोक्ताले एलपी ग्यासको अभाव झेल्नुपर्ने

३ माघ २०६९, बुधबार ०८:०५ मा प्रकाशित

काठमाडौं, ३ माघ । बढ्दो लोडसेडिङको मार खेप्दै आएका उपभोक्ताले अब खाना पकाउने एलपी ग्यासको अभाव पनि झेल्नुपर्ने भएको छ । आईओसीलाई बक्यौता तिर्न नसकेको भन्दै आयल निगमले खाना पकाउने ग्यास आपूर्तिमा कटौती गर्न थालेपछि यस्तो सम्भावना बढेको हो । बक्यौता तिर्न नसक्दा अन्य पेट्रोलियम पदार्थ कटौती गरे पनि ग्यास कटौती नगर्न इन्डियन आयल कर्पोरेसनलाई आग्रह गर्दै आएकोमा आईओसीले सुनुवाई नगर्ने अवस्था रहेको निगम सुत्रले जनाएको छ । फलतः अहिले निगम व्यवस्थापनले ग्यास आपूर्तिमा कटौती गर्न थालेको छ। यही जनवरीदेखि ४ सय टनभन्दा बढी क्षमताका बोटलिङ प्लान्टको कोटा कटौती गरिएको छ। यसबाट अब अर्को महिनादेखि ग्यास आपूर्तिमा समस्या हुनेछ।
ुनिगमका अनुसार डिसेम्बरमा १८ हजार ६ सय ६ टन ग्यास आएकाले अभाव हुँदैन। निगमले आइओसीलाई झन्डै १ अर्ब २० करोड रुपैयाँमात्र तिर्न बाँकी छ। तर, ग्यास उद्योगीका अनुसार जाडोमा ग्यासको माग बढी हुने भएकाले जनवरीमा कोटा कटौती हुनेबित्तिकै बजारमा अभाव सुरु हुन्छ। सम्वद्ध एक निम्नतहका कर्मचारीले खाना पकाउने ग्यासमा समेत व्यवस्थापनबाटै खेलाँची भइरहेको जनाए ।
स्मरण रहोस्, विगतमा आइओसीले ग्यास कटौती गर्दा पनि निगमले खाना पकाउने इन्धन कटौती नगर्न बारम्बार आग्रह गर्दै आएको थियो। स्रोतका अनुसार अहिलेसम्म २४ ग्यास बोटलिङ प्लान्टको कोटा कटौती भएको छ। सुरुवातमा दुईथरी सिलिन्डर बनाउन असहयोगी भूमिका खेलेको भन्दै निगमले तीन बोटलिङ प्लान्टको कोटा कटौती गरेको थियो। निगमले मौखिक जानकारी पनि नदिई कोटा कटौती गरेपछि उद्योगीले विरोध जनाएका थिए। विरोधपछि निगमले रकम व्यवस्थापन गर्न भन्दै कोटा कटौती गरेको जनाएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन