रुपन्देहीका उद्योगपतिहरुलाई भारतीय राजदूतले दिए आश्वासन

३ माघ २०६९, बुधबार ०१:०१ मा प्रकाशित

रुपन्देही, ३ माघ । रुपन्देही उद्योग संघको पदाधिकारी टोलीले भारतीय राजदुत जयन्त प्रसादसँग भेटघाट गरेको छ । टोलीले नेपाल—भारत लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मंगलबार लुम्बिनी आएका राजदुतसँग होटल कसाइमा भेटघाट गरेको हो । भेटघाटका क्रममा संघका अध्यक्ष तेजकुमार पाठकले संघका गतिविधि, जिल्ला एवं राज्यको औद्योगिक अवस्था, भन्सारमा रहेका समस्याहरुबारे राजदुतलाई जानकारी गराए ।
अध्यक्ष पाठकले संघले अगाडि सारेका दीर्घकालीन योजनाहरु सम्बन्धमा पनि राजदुतलाई जानकारी गराए । संघले अगाडि सारेका मुटु अस्पताल स्थापना, औद्योगिक क्षेत्र स्थापना, शववाहन संचालन लगायतका योजनामा भएका प्रगति र भावी योजना सम्बन्धमा पनि टोलीले जानकारी गराएको थियो । संघको योजनाहरु सम्बन्धमा भारतीय राजदुत जयन्त प्रसाले गहिरो चासो देखाएका र आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकासमेत संघले जनाएको छ ।
टोलीले गत सोमवार भारतीय पर्यटन मन्त्रालयका सचिवस्तरका पदाधिकारीसँग समेत भेटघाट गरेको थियो । टोलीमा संघका निर्वतमान अध्यक्ष एजाज आलम, प्रथम उपाध्यक्ष वोनिन पिया, महासचिव गणेशप्रसाद अधिकारी र प्रमुख र्कायकारी अधिकृत यादवप्रसाद भण्डारीको सहभागिता रहेको थियो ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल