लुम्बिनी भ्रमण बर्ष २०१२ समापन, स्थानीयवासीलाई समेटेर विकास गर्ने प्रधानमन्त्रीको आश्वासन

२ माघ २०६९, मंगलवार २२:४२ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २ माघ । महामानव शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रचारप्रसारका लागि घोषणा गरिएको लुम्बिनी भ्रमण बर्ष २०१२ को मंगलवार प्रधानमन्त्री बाबुराम भट्टराईले समापन गरेका छन्  । लुम्बिनी बिकास कोषले बिभिन्न उद्धेश्य राखी सन् २०१२ लाई लुम्बिनी भम्रण बर्ष घोषणा गरेको थियो ।
विश्व सम्पदा सूचीमा सुचिकृत गौतमबुद्धको जन्मस्थान लुम्बिनीलाई बिश्वको प्रमुख तिर्थस्थलको रुपमा विकास गर्ने, लुम्बिनीमा १० लाख पर्यटक भित्र्याउने तथा लुम्बिनी र गौतम बुद्धको जन्मस्थान नेपालमा पर्दछ भन्ने प्रचारप्रसारका लागि भ्रमण वर्ष घोषणा गरिएको थियो ।
भ्रमण वर्षको समापन गर्दै लुम्बिनी भ्रमणवर्ष २०१२ का संरक्षक समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टाराईले लुम्बिनी भ्रमण वर्षले लुम्बिनीको प्रचार प्रसारमा टेवा पुगेको औल्याउदै लुम्बिनीको बिकासमा नेपाल सरकार सदैव तयार बताएका छन्  ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री डा. भट्टाराईले लुम्बिनी द्रुत विकासको लागि स्थानीयलाई समेट्ने योजनालाई पनि भ्रमण वर्षले सघाउ पुराएको दाबी गरे ।
शान्तिस्थल लुम्बिनीमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री भट्टाराईले देशको राजनितिक परिस्थीतिको निकास छिट्टै निस्केर देशमा शान्ति छाउने विश्वास पनि दिलाउदै भने — केहि शान्ति नचाहने शक्तिले शान्ति सम्झौतामा भाजो हाल्न खोजिरहेका छन् हामी बडो जिम्मेवार ढंगले निकास खोजिरहेका छौ, मलाई विश्वास छ छिट्टै निकास निस्कने छ ।
प्र्रधानमन्त्री भट्टाराईले वर्तमान सरकारले नै देशलाई निकास दिन तयार र कटिबद्ध भएको जनाउदै द्धन्द्धकालका कुरालाई उल्झाएर समस्या नथपिदिन सबैलाई आग्रह पनि गरे ।
समापन समारोहका अध्यक्ष संस्कृर्ति तथा पर्यटन मन्त्री पोष्ट बहादुर बोगटीलेलुम्बिनीको विकासमा भ्रमणवर्षले टेवा पुराएको बताए । लुम्बिनी भ्रमणवर्ष २०१२ का संयोजक समेत रहेका मन्त्री बोगटीले नवलपरासीको रामग्राम, कपिलबस्तुको तिलौराकोट र रुपन्देहीको लुम्बिनीलाई जोडेर लुम्बिनीको द्रुत विकास गर्ने कार्यमा भ्रमण वर्षले सघाउ पुराएको उल्लेख गरे ।
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले लुम्बिनी परिसर भित्र निर्मीत विहारहरुमा गुरुयोजना विपरित गेस्टहाउस सञ्चालन गरिएकोप्रति लक्षित गर्दै त्यस्ता गैर कानुनी कार्य तत्काल रोक्न विकास कोषको पहलमा सुरक्षा संयन्त्रलाई निर्देश दिए । मुख्य सचिव पौडेलले बुद्धलाई धर्मको रुपमा मात्र नभएर आत्मिक शान्तिको रुपमा विकास गर्न केही न केहि विश्व सामु चिनाउन भ्रमणवर्षले महत्वपुर्ण भूमीका खेलेको बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा सांगबो शेर्पाले भ्रमण वर्षसपल भएको दाबी गर्दै भ्रमणवर्षले लुम्बिनीलाई विश्वव्यापकता र परिचितगराएको तथा सोचेअनुसार पर्यटकको आगमन भएको पनि बताए । उनलेगुरुयोजनालाई दु्रत रुपमा लागु गरि आगमी दश वर्ष भित्र काम नगरेमागुरुयोजना फेल खान सक्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । कोषका सदस्य सचिव अजितमान तामांगले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा भ्रमणवर्ष सफल पार्न सघाउने विभिन्न राजदुत, उपसमिती संयोजक तथा लुम्बिनी पीस म्याराथुनका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति