यस्तो आयो आन्दोलनको कार्यक्रम

२ माघ २०६९, मंगलवार १९:२३ मा प्रकाशित

काठमाडौं २ माघ । कांग्रेस एमालेलगायतका विपक्षी दलको गठबन्धनले आन्दोलनको पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ । सहमतिको छलफल मात्र चलाएर दलहरुलाई अल्मल्याउने प्रधानमन्त्री एवम् एमाओवादी नेतृत्वको नियत स्पष्ट भएपछि विपक्षी गठबन्धनले आन्दोलनमा जाने निर्णय गर्दै आन्दोलनका कार्यक्रम तय गर्न मंगलबार बैठक गरेको थियो ।
विपक्षी गठबन्धनको बैठकले गरेको निर्णय यस्तो छ :-

संयुक्त प्रेस वक्तव्य                                   मितिः २ माघ २०६९

१। राजनीतिक दलहरुसंग परामर्श नै नगरी एमाओवादी नेतृत्वको सरकारका प्रधानमन्त्रीले संविधानसभाको निर्वाचनका लागि घोषणा गरेको मिति समाप्त भइसकेको छ। यसबाट देश अन्योल, अनिश्चय र संकटतर्फ उन्मुख भएको छ। अर्को निर्वाचन कहिले हुन्छ भन्न सकिने अवस्था छैन। यस्तो अवस्थामा देश र जनताप्रति जिम्मेवारीबोध गर्नुको साटो स्वेच्छाचारी रुपमा राज्यशक्तिको दुरुपयोग गर्ने, भएका सहमतिहरुलाई लत्याउने र छलकपटबाट सत्ता लम्ब्याउने एनेकपा ९माओवादी० र मधेशी मोर्चा सम्मिलित सरकारको षड्यन्त्रको यो बैठक घोर भर्त्सना गर्दछ।
२। यो बैठक, देशलाई विद्यमान राजनीतिक संकटबाट निकास दिन राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्रीको चयन गरी सहमतिको आधारमा मन्त्रिपरिषद्को गठनका लागि गरिएको आव्हान अनुरुप राजनीतिक सहमतिको सरकार तुरुन्त गठनका लागि बाटो छाड्न काम चलाउ सरकारका प्रधानमन्त्रीलाई र त्यस निमित्त सहयोगी भूमिकामा प्रस्तुत हुन एनेकपा ९माओवादी० लाई आव्हान गर्दछ।
३। यो बैठक, दैलेख जिल्लाका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न व्यक्तिहरुलाई कानूनी कार्वाईको प्रक्रिया आरम्भ भएपछि प्रधानमन्त्री स्वयंले तथा निजको निर्देशनमा महान्यायाधिवक्ताले संविधान, कानून र कानूनी राज्यका सम्पूर्ण मान्यता विपरीत उक्त हत्याका अभियुक्तहरुको बयान लिने कार्यसमेत रोक्नका लागि दिएको निर्देशनको भर्त्सना गर्दै सो निर्देशन तुरुन्त रद्द गर्न माग गर्दछ। पत्रकार डेकेन्द्र राज थापाका हत्याराहरु स्वयम्ले अपराध कवुल गरिसकेको अवस्थामा उनीहरु उपर कानूनी कार्वाईको प्रक्रिया दृढतापूर्वक अगाडि बढाउन यो बैठक सम्बद्ध निकायलाई आग्रह गर्दछ।
पत्रकारका हत्याराहरुलाई कानूनी कार्वाईको प्रक्रिया अगाडि बढाउने सरकारी वकिल र प्रहरी कर्मचारीलाई धम्क्याउने, उनीहरुका फोन सम्बादको विवरण माग गरी आतंकित तुल्याउने तथा विपक्षी दलका नेता र कार्यकर्ताहरुलाई थुन्ने धम्की दिदै राज्य आतंक फैलाउने प्रधानमन्त्रीमन्त्रीको फासीबादी कार्य एवं अभिव्यक्तिको यो बैठक निन्दा र भर्त्सना गर्दछ।
४। वर्तमान कामचलाउ गठबन्धन सरकारले प्रशासन, सुरक्षा निकाय र आर्थिक क्षेत्रमा कानून, नियम, प्रक्रिया र लोकतन्त्रका मान्यताहरुलाई मिच्दै प्रशासन र सुरक्षा निकायमा नियुक्ति, सरुवा, बढुवा, ठेक्का(पट्टा र सुविधा तथा साधन स्रोतको अत्यधिक दुरुपयोगका कामहरु गर्दै नेपाल र नेपाली जनताको दीर्घकालिन हितमा समेत आघात पुर्‍याइरहेको छ। यस्ता कार्य रोक्न सर्वोच्च अदालतबाट पटक(पटक रिट जारी भएका छन्। हत्या, हिंसा र अपहरणमा संलग्नहरुलाई सरकारमा बस्नेहरुले नै संरक्षण दिइरहेकाले जनजीवन अत्यन्त असुरक्षित बनेको छ। कालोबजारी व्यापक भएको छ। सर्वसाधारण जनता बढ्दो महंगीको मारबाट आक्रान्त छन्। देश १४ घण्टा सम्मको लोडसेडिङ्गबाट अन्धकारमाय भएको छ। खानेपानीको अभाव छ। उद्योगधन्दा चल्न सकेका छैनन्। पूँजी पलायन बढ्दो छ। तराई(मधेशमा शीत लहरबाट दर्जनौं मानिसहरुको मृत्यु हुँदा समेत सरकार संवेदनशील देखिएन। प्रधानमन्त्री स्वयम्ले जलस्रोत लगायतका प्राकृतिक स्रोतहरुको उपयोगसम्बन्धी संवैधानिक र कानूनी प्रावधानहरुलाई समेत मिच्दै कमिशन र भ्रष्टाचारलाई खुलेआम प्रश्रय दिंदै भ्रष्टाचारका श्रृङ्खलाहरु नै संचालन गरिरहेका छन्।
महिला विरुद्धको हिंसा, सामाजिक अपराध र असुरक्षा डरलाग्दो रुपमा बढिरहेका छन्। महिलामाथि बढ्दो हिंसा रोक्ने माग गर्दै एक महिनादेखि जारी महिलाहरुको धर्नाप्रति सरकारले वेवास्ता गरेको छ। यस्ता अनुत्तरदायी र जनविरोधी क्रियाकलापहरुको यो बैठक भर्त्सना गर्दछ र यस्ता क्रियाकलापहरु तत्काल बन्द गर्न माग गर्दछ। नयाँ सरकार गठनको प्रकृया शुरु भैसकेको अवस्थामा विधि, प्रक्रिया र लोकतान्त्रिक पद्धतिलाई मिचेर गरिएका सरकारका यस्ता जनविरोधी कार्यहरु मान्य नहुने ठहर गर्दछ।
५। यो बैठक, काम चलाउ सरकारका जनविरोधी एवं राष्ट्र विरोधी र तानाशाही एवं सर्वसत्तावादी क्रियाकलापको विरुद्ध सशक्त जनदवाव सिर्जना गर्ने निर्णय गर्दछ। शान्तिपूर्ण रुपमा संचालन गरिने त्यसप्रकारको दवाव आन्दोलनमा सहभागी हुन लोकतन्त्रका पक्षधर राजनीतिक दलहरु र आम जनसमुदायलाई हार्दिक आव्हान गर्दछ।

प्रथम चरणका संयुक्त विरोध कार्यक्रमहरु निम्नानूसार छन् स्
क. माघ ६ गते पत्रकार डेकेन्द्रराज थापाको हत्याका विरुद्ध दैलेख सदरमुकाममा आन्दोलनकारी राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थितिमा विरोध प्रर्दशन तथा विरोध सभा आयोजना गर्ने।
ख. माघ १२ गते देशका सबै जिल्ला सदरमुकामहरुमा संयुक्तरुपमा विरोध प्रर्दशन तथा विरोधसभा आयोजना गर्ने।
ग. शहीद सप्ताह {माघ १० देखि १६ गते]लाई शहीद दिवसका साथै वर्तमान कामचलाउ सरकारको निरंकुशताको प्रतिरोध सप्ताहका रुपमा मनाउने। शहीद दिवसका दिन माघ १६ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने।
घ. माघ १९ गते बागलुङमा विरोध प्रर्दशन र विरोध सभा गर्ने । यो कार्यक्रमको संयोजन राष्ट्रिय जनमोर्चाले गर्ने।
ङ. माघ २० गते विराटगरमा विरोध जुलुश र विरोधसभा गर्ने। यो कार्यक्रमको संयोजन नेकपा एमाले ले गर्ने।
च. माघ २१ गते नेपालगञ्जमा विरोध जुलुश र विरोधसभा गर्ने। यो कार्यक्रमको संयोजन नेपाली काँग्रेसले गर्ने।
छ. माघ २२ गते पोखरामा विरोध प्रदर्शन र विरोधसभा गर्ने। यो कार्यक्रमको संयोजन नेकपा ९एमाले० ले गर्ने।
ज. माघ २३ गते धनगढीमा विरोध प्रदर्शन र विरोधसभा गर्ने। यो कार्यक्रमको संयोजन नेकपा ९एमाले० ले गर्ने।
झ. माघ २४ गते जनकपुरमा जुलुश र विरोधसभा गर्ने। यो कार्यक्रमको संयोजन नेपाली काँग्रेसले गर्ने।
ञ. माघ २५ गते भैरहवामा जुलुश र विरोधसभा गर्ने। यो कार्यक्रमको संयोजन राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्ने।
ट. माघ २६ गते शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरी खुलामञ्च, टुँडिखेलमा जनसभा गर्ने। यो कार्यक्रमको संयोजन संयुक्त रुपमा गर्ने।
यी बाहेक विपक्षी दलका विभिन्न तहका पार्टी संगठन र जनवर्गीय संगठनहरुले माथि उल्लेखित कार्यक्रमहरुसँग नजुध्ने गरी आफ्नै सक्रियतामा पनि विरोधका विभिन्न कार्यक्रमहरु गर्न सक्नेछन्।

दलका नेताको नाम, राजनीतिक दल, हस्ताक्षर

रामचन्द्र पौडेल नेपाली काँग्रेस
झलनाथ खनाल नेकपा एमाले
सीपी मैनाली नेकपा माले०
पशुपति समशेर राणा राष्ट्रिय प्रजातन्त्र पार्टी
सूर्यबहादुर थापा राष्ट्रिय जनशक्ति पार्टी
ठाकुर शर्मा नेकपा संयुक्त
चित्र बहादुर केसी राष्ट्रिय जनमोर्चा
रामबाबु सिंह नेपाल सद्भावना पार्टी आ
भूमिराज निरौला चुरेभावर राष्ट्रिय एकता पार्टी

प्रतिक्रिया
सम्बन्धित खवर

धनकुटा।नेपाली कांग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

आजको प्रमुख समाचार