गृहमन्त्रीले दिए कारबाहीको अश्वासन

२ माघ २०६९, मंगलवार १६:०९ मा प्रकाशित

काठमाडौं, २ माघ । पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कारबाही गर्नुपर्ने मागको उपेक्षा गर्दै प्रधानमन्त्री र महान्यायाधिवक्ताले उल्टै सम्बन्धित कर्मचारी धम्क्याइरहेको बेला सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री बिजयकुमार गच्छदारले हत्यामा संलग्नहरुलाई कानुनबमोजिम कडा कारबाही हुने बताएका छन्। मंगलबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले थापाका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै निकालेको र्‍यालीले भक्तपुर दरबारस्क्वायएरमा भेटिएका गृहमन्त्री गच्छदारलाई बाटैमा रोकेर ज्ञापन पत्र बुझाउने क्रममा उनले सहजताका साथ ज्ञापन पत्र बुझ्दै कारबाहीको आश्वासन दिएका हुन् ।
सो क्रममा गृहमन्त्रीले अभियुक्तहरुको बयान आइसकेको बताउँदै भने, ‘जसरी अनुसन्धान सकिन्छ, त्यहीअनुरुप उनीहरुलाई कानुनी कारबाही हुन्छ।’
उनले गृहमन्त्रालयबाट अहिलेसम्म त्यस्तो कुनै आदेश नगएको प्रष्ट्याए। ‘मेरो ब्यक्तिगततर्फबाट र मन्त्रालयको तर्फबाट त्यस्तो कुनै आदेश दिएका छैनौं,’ उनले भने, ‘गृहमन्त्री र गृहमन्त्रालय कसैको दबाबसमेत आउँदैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको