तस्कर भागेपछि श्रीमति पक्राउ

२ माघ २०६९, मंगलवार १४:४३ मा प्रकाशित

शिव देवकोटा/ नुवाकोट, २ माघ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले बिदेशमा तस्करी गर्नका लागि तयार गरिएको बन्यजन्तुको छालाजडित कपडा, हात्तीको दाह्राबाट बनेका सामाग्री र ठूलो परिणाममा नेपाली र बिदेशी मुद्राहरु बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षक नवराज मल्लको कमाण्डमा खटिएकोको प्रहरी टोलीले केन्द्रीय अनुसन्धान ब्यूरोको समन्वयमा बौद्धबाट बरामद गरेका बाघजन्य सामग्री मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरियो ।
प्रहरीले बौद्धका लोडु डिमेको घरबाट नेपाली रुपैयाँ ३९ लाख २७ हजार पाँचसय नब्बे, चाइनिज येन चारहजार नौ सय तेह्र र इण्डोनेसियन मुद्रा ५० हजारसहित बिभिन्न नामका नेपाली र चाइनिज गरी छ थान राहदानी तथा बिभिन्न बैंकका १२ थान चेक पनि बरामद गरेको छ । प्रहरीले दिएको जानकारीअनुसार मानवको जस्तो देखिने चार थान खप्परको हड्डी, बिभिन्न जातका बन्यजन्तुका छालाजडित १२ थान कपडा, हड्डीबाट बनेको हात्तीको मूर्ती र हात्तीको दाह्राबाट बनेको मूर्ती समेत बरामद गरिएको छ ।
पत्रकार सम्मेलनमा बागमती अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पशुपति उपाध्यायले ठूलो परिणाममा तस्करीका सामग्रीहरु बरामद हुनुले नुवाकोटको बाटो हुँदै तस्करहरुले सीमापार तस्करीको सञ्जाल बिस्तार गर्ने प्रयास गरेको रहस्य खुलेको बताउँदै चाँडै नै तस्करीको ठूलै गिरोहको पर्दाफास हुने दाबी गरे ।
यसअघि पुष २८ गते पासाङ ल्हामुमार्गको ककनी प्रहरीचौकीले चेकजाँचको क्रममा बा.२ ख. ७५०४ नम्वरको मिनिट्रक बाट दूर्लभ पाटेबाघको पाँच थान छाला र बाघका विभिन्न अंगका हड्डीहरु बरामद गर्नुका साथै सवारीधनी सुकबहादुर तामाङ र चालक नकुल तामाङलाई नियन्त्रणमा लिएको थियो । उनीहरुकै बयानका आधारमा बौद्धस्थित लोडु डिमेको घरमा छापा मारिएको र उनी फरार रहेका कारण उनकी श्रीमती डिकी छिरीङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपकराज खरेलले जानकारी दिए । नियन्त्रणमा लिइएका ब्यक्ति र बरामद सामग्री जिल्ला बन कार्यालयमा बुझाई बन तथा बन्यजन्तु ऐनअनुसार कारबाही अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय