महिला सुरक्षाका लागि बसमा साधा पोसाकमा प्रहरी

२ माघ २०६९, मंगलवार १४:२४ मा प्रकाशित

रासस/ भक्तपुर, २ माघ । सार्वजनिक यातायातका साधनमा हुने महिला हिंसा रोक्न महानगरीय प्रहरी परिसर भक्तपुरले मंगलबारदेखि अभियान सुरु गरेको छ । परिसरले महिला हिंसा रोक्न भक्तपुर हुँदै काठमाडौं, ललिलपुर र काभ्रेतर्फ जाने सार्वजनिक यातायातका साधनमा सादा पोशाकका प्रहरी परिचालन गरी यस्तो अभियान सुरु गरेको हो ।
सार्वजनिक सवारी साधनमा महिलाले विभिन्न खालका हिंसा भोग्नु परेको व्यापक गुनासो आएपछि यातायातका साधनमा दुई दुई जना प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक पुष्कर केसीले बताए ।
अधिकांश गाडीमा महिला र अपाङ्गता भएका व्यक्तिका लागि तोकिएको आरक्षण सिटमा पनि पुरुष बसि दिने तथा महिलामाथि अभद्र व्यवहार गर्ने गरेको पाइएको छ ।
उनले कतिपय सार्वजनिक गाडीमा आरक्षण सिटसमेत नछुट्याएको पाइएकाले आरक्षण सिट लेख्न चालकलाई आग्रह गरेको बताए । प्रहरी परिसरले भक्तपुरदेखि मनोहरापुलसम्म सार्वजनिक गाडीमा प्रहरी खटाएको हो । सार्वजनिक यातायातका साधनमा महिला यात्रुलाई पेल्ने, संवेदनशील अङ्गमा हात लैजाने जस्ता अभद्र व्यवहार बढ्दै गएकाले यस्ता व्यक्तिलाई प्रहरीले पहिलो पटक नियन्त्रणमा लिएर काउन्सिलिङ गरेर छाड्ने र सोही व्यक्तिले यस्तो कार्य दोहोरयाएको पाइएमा सार्वजनिक ऐनअन्तर्गत कारबाही गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय