विपक्षी दलले आज आन्दोलनका कार्यक्रम तय गर्ने

२ माघ २०६९, मंगलवार ०७:१६ मा प्रकाशित

काठमाडौं, २ माघ । सत्तारुढ दलहरुले राष्ट्रिय सहमतीय सरकारलाई पहिलो प्राथमिकता दिँदै स्वतन्त्र तथा साना दलहरुलाई पहिलो प्राथमिकता दिने भनी निर्णय गरेलगत्तै विपक्षी दलहरुले आज मंगलबार आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरेका छन् । सत्ता कब्जाको रणनीतिमा अग्रसर एमाओवादी सहमतिमा बाधक बनेको र हालसम्मको सहमतिका प्रयास खेर गएको भन्दै विपक्षी दलहरु अन्ततः आन्दोलनमा उत्रने भएका हुन् । 
संविधानसभाको निर्वाचन हुने सम्भावना नटरेको निश्कर्षसहित सत्तासीन दलहरुले आगामी जेठको दोस्रो साता भए पनि निर्वाचन गराउने गरी वार्तालाई अगाडि बढाउने तर कांग्रेसलाई कुनै हालतमा सरकारको नेतृत्व नसुम्पिने निर्णय गत आइतबार गरेका थिए । यसबाट तिल्मिलाएका विपक्षी दल कांग्रेस र एमालेको सोमबार साँझ महाराजगञ्जस्थित कांग्रेस सभापति सुशील कोइरालाको निवासमा बसेको बैठकले मंगलबार सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरेका हुन् । आज विपक्षीको बैठक बसेर आन्दोलनका कार्यक्रम तय गरिने सम्बद्ध नेताहरुले जनाएका छन् । आजको बैठक एमालेको केन्द्रिय कार्यालय बल्खुमा बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन सम्बन्धी परराष्ट्र मत्रालयले गरेको सबै निर्णय र पत्राचारहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको