आठौँ नेसाज बौद्धिक कार्यशाला गोष्ठी सम्पन्न

२ माघ २०६९, मंगलवार ०३:०८ मा प्रकाशित

सन्देश पोखरेल, जापान । नेपाली विद्यार्थी समाज जापान (नेसाज) ले आफ्नो वार्षिक कार्यक्रम अनुसार आठौँ नेसाज बौद्धिक कार्यशाला गोष्ठी नागोयामा सम्पन्न गरेको छ ।
जापानका लागि नेपाली राजदुत डा.मदनकुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न बिश्वबिधालयबाट सहभागी बिधार्थीहरुले प्रस्तुत गरेका कार्यपत्र माथि छलफल गरिएको थियो ।

विभिन्न संघ सस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाल इन्जिनियर्स एशिसिएसन जापान सेन्टरका अध्यक्ष्य डा. नेत्रप्रकाश भण्डारी , एन आर एन जापानका सचिव सरोज कंडेलले अतिथिको रुपमा मन्तब्य ब्यक्त गर्नु भएको थियो । विभिन्न ३ चरणमा बिभाजन गरिएको उक्त गोष्ठीको पहिलो उद्घाटन सत्रमा जापानीज प्रोफेसर मासारु योसिदा र त्रिभुबन बिश्वबिधालयका प्राध्यापक तथा एहिमे बिश्वबिधालयका अनुसन्धानकर्ता डा. रन्जन कुमार दाहालले आफुले गरिरहेको अनुसन्धानको बारेमा जानकारी गराउनु भएको थियो ।

उद्घाटन सत्रमै आफ्नो मन्तब्य राख्दै डा. नेत्र प्रकाश भण्डारीले एन आर एन जापान , नेसाज साथै अन्य सस्थाहरु संग सहकार्य गर्दै नेपाल इञ्जिनियर्स एशोसिएसन जापान सेन्टरले एक बृहत गोष्ठीको आयोजना गर्ने सोच बनाएकोले सहयोग र सहकार्यको लागि अनुरोध गर्नु भएको थियो ।

यस्तै नेसाजका पुर्व अध्यक्ष समेत भएका एन आर एन जापानका सचिब सरोज कंडेलले जापानमा अन्य देशहरुका बिधार्थिले भन्दा नेपाली बिधार्थिले तिर्दै आउनु परेको आम्दानी करको बारेमा राजदुत भट्टराईको ध्यानाकर्षण गराउनु भएको थियो भने कार्यक्रमको सभापतित्व गरिरहेका वर्तमान अध्यक्ष कृष्ण भेटुवालले फुकुओक बाट बेपत्ता भएकी बिधार्थी सबिना महर्जनको खोजि कार्यका लागि राजदुतावासले पहलकदमी लिनको लागि अनुरोध गर्नु भएको थियो । कार्यक्रममा एन आर एन आइ सी सी का सदस्यद्वय डा. सुदिप अधिकारी , रोविन्द श्रेष्ठ (गोबिन्द), एन आर एन जापानका उपाध्यक्ष डिलाराम खरेल, गल्कोट समाजका अध्यक्ष मोहन खत्री, एन आर एन जापान तोकाई होकुरिकुका कार्यबाहक अध्यक्ष बिष्णु प्रसाद घिमिरे, नेसाजका पुर्व अध्यक्षद्वय रिशब पौडेल, बिमल अधिकारी लगाएत व्यक्तिहरुको उपस्थित रहेको थियो ।

दोश्रो सत्र अन्तर्गत आमन्त्रित कार्यपत्रको रुपमा डा. सुदिप अधिकारीले आफ्नो कार्यपत्र पेश गर्नु भएको थियो भने क्योटो बिश्वबिधालयका ऋषिराम पराजुली, मेइजो युनिभर्सिटीमा बोटानिकल साइन्समा बिधावारिधि गर्दै गर्नुभएकी आस्था तुलाधरले पनि आफुले अध्यन गरिरहेको बिषय माथिको कार्यपत्र पेश गर्नु भएको थियो । दोश्रो सत्र अन्तर्गतनै २०५९ साल मा एस एल सी मा सर्बोत्कृष्ट स्थान हासिल गरि हाल नागोया बिश्वबिधालयमा मेडिकल साइन्स अन्तर्गत बिधावारिधि गर्दै गर्नु भएका डा. बिशाल ज्ञवालीले विभिन्न देशहरुको स्वास्थ्य बिमाको मोडेल पेश गर्दै नेपालमा स्वास्थ्य बिमा बारेमा आफ्नो अवधारणा पेश गर्नु भएको थियो । दोश्रो सत्रको अध्यक्षता क्युसु बिश्वबिधालयका प्रोफेसर रमेश पोखरेलले गर्नु भएको थियो ।

तेश्रो चरण अन्तर्गत नागोया बिश्वबिध्यलाका दिवश श्रेष्ठ र क्योटो बिश्वबिध्यालयमा विद्यावारिधि गर्दै गरेका भोगेन्द्र मिश्रले आफ्नो अध्ययन माथिको कार्यपत्र पेश गर्नु भएको थियो भने उक्त चरणको अध्यक्षता चुबू बिश्वबिधलायामा अनुसन्धानरत डा. उगेन्द्र रेग्मीले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले यस किसिमको कार्यक्रम अझ बिशेष गरि उच्च शिक्षा हासिल गर्न भर्खर जापान आएका बिधार्थीहरुका लागि महत्वपूर्ण भएकोले आगामी दिनहरुमा यस किसिमको गोष्ठीहरु सरल किसिमबाट सबै बिधार्थिहरुको माझ पुरयाउन आयोजक सस्थालाई सुझाव दिएका थिए । कार्यक्रमका संयोजक डा. बेद प्रसाद काफ्लेले कार्यक्रमको उदेश्य खाली प्राबिधिक क्षेत्रमा अध्ययन गरिएका बिषयहरु मात्र नभई सबै क्षेत्रमा आफुले प्राप्त गरेका अनुभवलाई बाढ्ने फोरमको रुपमा यो कार्यक्रम रहेकोले व्यवसाय गर्नु भएका व्यक्तिहरुले आफ्नो व्यवसायिक अनुभब पनि बाढ्न सक्ने भएकोले आगामी दिनहरुमा अझ व्यापक सहभागिताको लागि सबैमा अनुरोध गर्दै भएको थियो ।
कार्यक्रमको सभापति सस्थाका अध्यक्ष कृष्ण भेटुवालले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सस्थाका सचिव राजन भट्टराइले गर्नु भएको थियो । कार्यक्रममा आमन्त्रित सबैलाई कार्यक्रम संयोजक डा. बेद प्रसाद काफ्लेले स्वागत मन्तब्य ब्यक्त गर्दै स्वागत गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सफल बनाइदिनु भएकोमा सबै सहभागी एबम सहयोगीहरुलाइ आयोजक सस्थाले धन्यवाद ब्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार