गणतन्त्रको संस्थागत विकासका लागि सवै पार्टीहरु एक ठाउँमा हुनपर्दछ: राष्ट्रपति डा यादव

२ माघ २०६९, मंगलवार ०३:०३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २ माघ । राष्ट्रपति डा रामवरण यादवले लोक तन्त्र र गणतन्त्रको संस्थागत विकासका लागि सवै पार्टिहरु एक ठाउँमा आएर राष्ट्रको सर्वोपरि हितमा लाग्नु जरुरि भएको भन्दै त्यसका लागि जनतामा जान जरुरी रहेको वताउँनु भयो । मकर संक्रान्तिको अवशरमा आज गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी स्थित काली गण्डकि स्नानका लागि गुल्मी आई पुगेको अवशरमा यादवले उक्त कुरा वताउनु भएको हो । राष्ट्रपति डा. यादवले आफु धार्मिक स्थल काली गण्डकिमा पञ्च स्नान गरि रिषिकेश भगवानको दर्शन गरेको उल्लेख गर्दै उहाँले देशको ईतिहास भुगोल र राजनैतिक उतार चढाव सवै कुरालाई मनन् गरेर देशको लागि निकास निकाल्नु आफ्नो प्रमुख कर्तव्य रहेको समेत वताउनु भयो । हामी सवै मिलेर राष्ट्रको भलो हुने काममा लाग्नु पर्ने भन्दै आफु पनि यो तिर्थ स्थलवाट यही शुभकामना लिएर गएको वताउनु भयो । दिउसो एक वजे नेपाली सेनाको हेलिकप्टरवाट रिडी स्थित काली गण्डकि किनारमा ओर्लनु भएका यादव काली गण्डकि स्नान गरि रिषीकेशको दर्शन गर्नुका अतिरिक्त देवदत्त पार्क र रुरु संस्कृत विद्यापिठको समेत अवलोकन गरि तीन वजे काठमाण्डौं फर्कनु भएको छ । राष्ट्रपति यादवका साथ शान्ति तथा पुर्ननिर्माण मन्त्रि टोप वहादुर रायमाझी, नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल,स्वकिय सचिव लगायत रहनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन सम्बन्धी परराष्ट्र मत्रालयले गरेको सबै निर्णय र पत्राचारहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा