प्रेमीले बलात्कार गराएको भन्दै युवतीद्वारा उजुरी

१ माघ २०६९, सोमबार २२:४१ मा प्रकाशित

काठमाडौं, १ माघ । समाजमा महिला हिंसाका घटना बढेको र हिंस्रकमाथि राज्यले कारबाहीको तत्परता नदेखाउने गरेको भन्दै महिला अधिकारवादीहरु आन्दोलनरत रहेकै परिवेशबीच अकौ एक बलात्कारको घटना सार्वजनिक भएको छ । आफ्नै प्रेमीमार्फत् आफू बलात्कृत भएको भन्दै एक युवतीले प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । प्लस टु पढ्दै गरेकी एक १८ वर्षिया युवतीले आफ्ना प्रेमी उमेश उप्रेतीले आफूलाई ललाईफकाई नगरकोट पुरयाएर नशालु पदार्थ खान दिई प्रेमीका साथी आकाश श्रेष्ठलाई बलात्कार गर्न उक्साएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी छिन् ।
जाहेरी परे लग्त्तै प्रहरीले दोलखा जिल्ला घर भई नयाँ बानेश्वर बस्ने उमेश उप्रेती र बलात्कार गर्ने भनि आरोपी मिनभवन बस्ने आकाश श्रेष्ठलाई पक्राउ गरेको छ । उनीहरु दुईबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको भए पनि नवलपरासी घर भएकी ती युवतीले प्रमी र बलात्कारी युवक दुबैलाई कडा कारबाहीको माग गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन सम्बन्धी परराष्ट्र मत्रालयले गरेको सबै निर्णय र पत्राचारहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

आजको प्रमुख समाचार