इमेज च्यानल प्रशारणमा अवरोध किन ?

१ माघ २०६९, सोमबार २२:२४ मा प्रकाशित

काठमाडौं, १ माघ । सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउँदै आएको इमेज च्यानल टेलिभिजनले मुलुकमा प्रेस सेन्सरसीपको डरलाग्दो स्वरूप देखिन थालेको धारणा सार्वजनिक गरेको छ । केही केबल सेवा प्रदायकहरूले इमेज च्यानल टेलिभिजनको प्रसारण बन्द गरेपछि सो च्यानलले उक्त धारणा अघिसारेको हो । कुनै पनि प्रसारण अवरुद्ध गरिने छैन भन्ने संवैधानिक प्रत्याभूतिविपरीत बिनाकारण प्रसारणमा गरिएको यस्तो अवरोधमा प्रेस सेन्सरसीपको डरलाग्दो स्वरूप झल्किएको इमेज टेलिभिजनका समाचार प्रमुख महेन्द्र बिष्टले बताएका छन् ।
च्यानलका अध्यक्ष आरके मानन्धरले केबलले बिनाकारण च्यानल बन्द गराएकोमा आपत्ति जनाउँदै टिभि च्यानल प्रदायक सुविसुसम्बद्ध अधिकारीहरूले ‘माथिको आदेश’ भन्दै रोक लगाएको आफूहरूलाई जानकारी दिएको बताएका छन् भने सुविसु केबलका साझेदार सुधीर पराजुलीले सूचना तथा सञ्चार मन्त्रालयले केबल व्यवसायीहरूको कुनै सहमति, सहकार्य र सरोकारबिना नै राष्ट्रिय प्रसारण नियमावली छैटौं संशोधन जारी गरेको विरोधमा महासंघ तदर्थ समितिद्वारा गठित संघर्ष समितिको कार्यक्रमअनुसार व्यवसायीहरूले स्वतस्फूर्त रूपमा इमेज च्यानल बन्द गरेको जनाएका छन् । उता, सूचना तथा सञ्चार मन्त्रालयका सचिव सूर्य सिलवालले चाहिँ मन्त्रालयले कुनै पनि टेलिभिजनको प्रसारण रोक्नलाई निर्देशन नदिएको दाबी गरे ।
नेपाल केबल टेलिभिजन महासंघले भने केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थ र रिसइबीका कारण सञ्चार क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउूदै आएको इमेज च्यानल बन्द गर्न ठाडो निर्देशन दिइएको आफूहरूले जानकारी पाएको भन्दै भत्र्सना गरेको छ । संस्थाको कुनै बैठकसम्म नबसी उक्त टेलिभिजन च्यानलसूग भएको सहमति र सहकार्यविपरीत आफूखुसी गरिएको त्यस्तो अनाधिकृत कार्य तथा नियोजित षड्यन्त्रविरुद्ध एकजुट हुनसमेत महासंघले केबल टेलिभिजन नेटवर्क व्यवसायीहरूसँग  आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना

काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्