मानवाधिकारवादीले मातृभूमिसँग डलर साँटेको अग्निको आरोप

१ माघ २०६९, सोमबार १८:३८ मा प्रकाशित

काठमाडौं, १ माघ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले दलहरुवीच सहमति नभए संविधानसभाको पुनःस्थापनाको लागि आन्दोलनमा जाने चेतावनी दिएका छन् । लराजधानीमा आयोजित एक कार्यक्रमबीच उनले सहमति नभई सरकारको नेतृत्व छाड्नु आत्मघाती हुने बताउँदै महाधिवेशनमा पेश गर्न तयार पारेको अध्यक्षको प्रतिवेदनको सार पनि त्यही भएको स्वीकार गरे । सापकोटाले नेपाली जनताको चाहना संविधानसभाको पुनःस्थापना भएको दावी गर्दै एमाओवादी पार्टीले उठाउने सो एजेण्डामा नेपाली जनताको समर्थन रहने र पुनःस्थापना भई छाड्ने विश्वास समेत ब्यक्त गरे ।
बैशाखमा निर्वाचन हुने र अहिलेसम्म उपलब्धि संस्थागत हुने ग्यारेन्टी नभएसम्म कुनै पनि हालतमा अहिलेको सरकार नछाड्ने स्पष्ट पार्दै अहिलेको सरकार कायम रहिरहनुमा विपक्षीका जडता र निषेधको राजनीति प्रमुख कारक रहेको उनले तर्क गरे ।
विपक्षी दलहरु राष्ट्रपति गुहारेर मुलुकमा द्धन्द्ध निम्त्याउने षडयन्त्रमा रहेको आरोप लगाउँदै प्रवक्ता सापकोटाले राष्ट्रपतिलाई उकासेर गैरसम्बैधानिक कदम चाल्न लगाए राष्ट्रपति पनि खतरामा पर्ने चेतावनी दिए ।
पत्रकार डेकेन्द्र थापा प्रकरणमा उनले ‘मातृभूमिसँग डलर साट्ने खोज्ने मानवअधिकारबादी’हरुका कारण मुलुकको सार्वभौमसत्ता संकटमा परेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार