बहुजातीय पार्टीद्वारा गोलमेच सम्मेलनको माग

१ माघ २०६९, सोमबार १८:३२ मा प्रकाशित

काठमाडौ, १ माघ । बहुजातीय समावेशी पार्टीले पत्रकार डेकेन्द्र थापाको हत्याका आरोपीहरुलाई कारवाही गर्न माग गर्दै सुरु गरेको शान्ति पूर्ण आन्दोलनप्रति एक्यबद्धता प्रकट गरेको छ । सो पार्टीले आइतवार एक विज्ञप्ति प्रकाशित गरेर मुलुकमा दण्डहिनता, अराजकता बढ्ने गरी कानूनी शासनको खिल्ली उडाउँदै दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्याराले साविती बयान दिँदादिदै अपराधीलाई उन्मुक्ति दिने प्रयास गर्नु अधिनायकबादको पराकाष्टा भएको भन्दै प्रधानमन्त्री र महान्यायाधिवक्तालाई तत्काल त्यस्तो अधिनायकबादी चरित्र छाडेर पीडितलाई न्याय दिलाउनेतर्फ लाग्न चेतावनी दिएको छ ।
अध्यक्ष शंकर थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘मुलुकको कार्यकारी जस्तो ब्यक्तिको पछिल्लो हत्यारा बचाउन रबैले उनी लोकतन्त्र र शान्ति प्रक्रियाको नाममा मुलुकमा अधिनायकबाद लाद्न उद्यत भएको देखाएको छ । हाम्रो पार्टी जनताको अधिकारमाथि कुठाराघात गरेर अधिनायकबाद लद्न खोज्ने कुनै सोच विचार र गतिविधीको निन्दा गर्दछ ।’
त्यसैगरी पार्टीले तीन दल असफल भईसकेको अवस्थामा राष्ट्रपतिले उनीहरुलाई सहमितको लागि निरर्थक समय थप गरेको प्रति असन्तुष्टि प्रकट गर्दै अब निर्वाचनमा आयोगमा दर्ता भएका दलहरुको गोलमेच सभा बोलाएर राजनीतिक र गतिरोध अन्त्यको उपाय खोज्न समेत आब्हान गरेको छ । उसले भनेको छ– राष्ट्रपतिले पनि सहमतिको नाममा संविधान निर्माण गर्न नसकेर संविधानसभाको अवसान गराउने र सहमति गरेर मुलुकलाई निकास दिन असफल भईसकेका तीनै दलहरुलाई पटक पटक मौका दिनुले राष्ट्रपतिको संविधानको संरक्षक र पालकको दायित्वबाट विचलित हुन थाल्नु भएको हो कि भन्ने आशंका हामिलाई भएको छ ।
सो पार्टीले सहमतिको विकल्प नभएको भन्दै राष्ट्रपतिले आम सहमतिको लागि दलहरुको साघुँरो घेराबाट बाहिर निस्केर गोलमेच सम्मेलन मार्फत राष्ट्रिय सहमति कायम गरेर निकास दिन आब्हान समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

पर्सा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले

आजको प्रमुख समाचार