यसकारण पास गरियो जनबिद्रोहको प्रस्ताव, माओवादी महाधिवेशन लम्बियो

१ माघ २०६९, सोमबार १८:२५ मा प्रकाशित

काठमाडौ, १ माघ । जनबिद्रोहमा जाने प्रस्ताव पारित गरेको नेकपा-माओवादीभित्र उक्त विषयमा चर्को बहस र विवाद रहेको बुझिएको छ । अधिकांश कार्यकर्ताको दबावमा जनबिद्रोहको लाइन पास गरेको भनिए पनि धेरैजसो नेताहरु जनबिद्रोहमा जाने कुराको खिलाफमा थिए । देब गुरुंग, नेत्रविक्रम चन्दलगायतका केही नेताहरुले जनबिद्रोहको कुरालाई चर्कोसँग उठाएकाले मात्र यो लाई पास भएको बुझिएको छ । जनबिद्रोहको कुरा नगरे कार्यकर्ताहरु प्रचण्डकै पार्टीतिर फर्कन सक्ने सम्भावना भएकोले यसो गर्नुपरेको उल्लेखित नेतानिकट स्रोतको कथन छ ।
यसैबीच केन्द्रीय कमिटीको संरचना र सदस्य संख्याबारे विवाद चलेकोले सो पार्टीको महाधिवेशन मंगलबारसम्म तन्कने भएको छ । नयाँ नेतृत्वको चयन गरेर आज महाधिवेशन समापन गर्ने कार्यक्रम रहे पनि केन्द्रीय कमिटीको संरचना तथा नामहरु टुंगो नलागेकाले स्थगित गर्नुपरेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने