यौनविनाको जीवन उराठ र शुष्क :: डा. डिपी भण्डारी

१ माघ २०६९, सोमबार १०:०७ मा प्रकाशित

 कुराकानी गर्न चाहने पत्रकार र नयाँ पुस्ताका मान्छेले हरेकपल्टजसो यौनका विषयमा मसँग धेरै कुरा धुत्न खोज्छन् । योसँग के–के न नयाँ कुरा छजस्तो गर्छन् । मेरो विचारमा यौन भनेको सृष्टिको आवश्यकता हो । यसबाटै नयाँ सृष्टि हुने भएकोले सृष्टिको निरन्तरताका लागि यो जरुरी छ । अर्थात्, जीवनको रस नै यौन हो । समाजमा देखिने र देखाइने पाखण्ड बिर्सिएर भन्ने हो भने जीवनको आधारभूत सत्य नै यौन हो ।
यौनका विषयमा अहिले पश्चिमाहरू बढी खुला छन् भने हामीचाहिँ अझ पनि संकुचित अवस्थामा नै छौँ । यसको कारण के हो भने पश्चिमाहरू धेरै भोगेर खुला भइसके । उनीहरूले सत्यलाई छोप्नु हँदैन र यौनलाई कुण्ठित ढंगले हेर्नु हँदैन भन्ने बुझिसके । हामीले चाहिँ अझै यौनको खास गुह्य बुझ्न बाँकी छ । यौनलाई खुला गरिदियो भने यसमा साराको ध्यान जाँदैन र मान्छेले आफ्नो काममा ठीक ढंगले ध्यान दिन पाउँछ । यही चुरो कुरा हामीले अझै बुझ्न सकेनौँ । हाम्रो समाजमा यौनका बारेमा लेख्छु भन्नेहरू पनि जे पायो र त्यही अश्लील कुरा लेखिरहेका छन् । यौनको दार्शनिक पक्ष र यसको चेतनाको उच्च तहमा ती लेखकहरूको ध्यानै गएको छैन । अर्कोतिर समाजचाहिँ यौनलाई छोपेरै ठीक पार्छु भन्दै छ ।
यौटा सामान्य सत्य कुरा वामपन्थीहरूले सधैँ उठाउने गरेका छन् । उनीहरू जहाँ पनि र जहिले पनि, ‘यौनभन्दा पेट प्राथमिक र अत्यावश्यक कुरा हैन र रु’ भन्ने गर्छन् । यो सत्य हो । पेट नै नभए यौन कहाँबाट आउँछ र रु पेटले खान पाएन भने ज्यान नै रहँदैन । तर, लेखनकै कुरा गर्दाचाहिँ पेटका बारे त सबैले लेख्ने गरेका छन् । मैले पनि लेखेको छु यौनबारे तर, कलात्मक ढंगले । यौन लेखे पनि र अरू लेखे पनि अश्लीलचाहिँ पक्कै लेखेको छैन । कतिपयले त मेरो लेखन पढेर मलाई चिन्दै नचिनी मेरो निजी जीवन त के–के न होला भन्दै साह्रै सतही र भद्धा टिप्पणी गर्ने गरेका छन् । केहीले चाहिँ भेटेर सभ्य शब्दमा ‘यौनकै कारण तपाईंको जीवन विवादास्पद बन्यो कि बनेन’ भनेर पनि सोध्छन् । कतिपय ठाउँमा मैले यौनबारे गरेको ठट्टा नबुझेर कोही–कोही भव्य रिसाए पनि । तर, अहिलेसम्म मेरो जीवनमा खासै अप्ठेरो कहीँ परेको छैन । बरु, मेरो लेखाइमा आउने यौन मेरै जीवन दर्शन हो भन्न मिल्ला । आफूसँग नभएको र आफूले नजानेको कुरा बाहिरबाट कसरी ल्याउन सकिन्छ र रु अतृप्त चाहनाले मान्छेलाई लेख्न ऊर्जा दिन्छ र त्यो सन्दर्भ पक्कै आउँछ लेखनमा ।
यौन मात्र हैन, मान्छेलाई हरेक अतृप्तीले शक्ति दिन्छ । कहिलेकाहीँ म सोच्छु, यदि मान्छे तृप्त थियो भने यहाँसम्म आउन नै सक्दैनथ्यो । कहिलेकाहीँ यस्तो पनि सोच्छु, ‘यौन मेरो जीवनमा यसरी किन बस्यो होला रु’ आपैँm उत्तर पाउँछु, ‘कलेज उमेरको संगत अनुसारको फल र मैले पढेका साहित्यिक किताबको असर होला ।’ खुसबन्त सिंहजस्ता लेखकको प्रभाव पनि ममा पर्‍यो । अर्कोतिर कलात्मक लेखाइ र रसिलो विषय पाठकले मन पनि पराउँछन् भनेर म यौनतिर आकर्षित भएँ । लेखकको रचना पनि पाठकले नै छुट्याउने हो, आफ्नो हेराइअनुसार । मलाई कसैले व्यंग्य गरेर चाहिँदोरनचाहिँदो आरोप पनि लगाउँछन् । लेखकले आफ्नो चिन्तनमा भएको कुरा लेख्दा हरेकले एउटै कुरा बुझ्छ भन्ने छैन । मलाई जतिसुकै बिरोधीले पनि ‘पाखण्ड नभएको मान्छे’ भन्छन् । मान्छेको स्वभाव उमेरअनुसार फरक भइरहन्छ । मेरै कुरा गर्दा मेरो बाल्यकालको चकचकेपन विद्यार्थी उमेरमा उट्पट्याङमा बदलियो । रसिक भइयो कलेज पढ्ने उमेरमा । कलेज जीवनको छापचाहिँ मेरो लेखन र व्यवहारमा निकै पर्‍यो । त्यो बानीले मेरो केही बिग्रनचाहिँ बिग्रिएन बरु लेखन र जीवन–दर्शन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्यो । भारतमा पढेर नेपाल फर्किएपछि भने रसिक बानी पनि छुट्यो । संगतको फल संगत नै नरहेपछि सकिँदोरहेछ भन्ने मलाई लाग्छ । त्यो समयअनुसार केही ढिलो, २४र२५ वर्षको उमेरमा मैले बिहे गरेकाले आपैँm पनि जिम्मेवार हुनुपर्‍यो, काममा लाग्नै पर्‍यो ।
लेखकले साहित्यको मूल स्रोत संसारप्रति आफ्नो हेराइबाट निर्धारण गर्छ ।
संसारमा मान्छेलाई प्रेरणा दिने वस्तु हुन्छ । मान्छेले यसो हेर्छ, जीवनमा उतारचढाव देख्छ । यस धर्तीमा पहिलो साहित्य सायद यसरी र यही कारणले लेखियो होला । अमिल्दा कुरा देखेर विचार सुरु भएपछि त्यसले निकास खोज्छ । सायद, सबै साहित्यको स्रोत यसकै वरिपरि घुमेको छ भन्ने मलाई लाग्छ । सतहमा र बाहिर देखिने कारण जे भए पनि मान्छेभित्रको उफान नै हो सिर्जना भनेको । सिर्जनामा लाग्ने मान्छेलाई सानो कुराले छुन्छ, अनि उसले लेख्छ ।
मेरो जीवन दृष्टिकोण यस्तो बन्नुमा मेरो स्कुलिङ्को प्रभाव नै बढी छ भन्ने म सोच्छु । जन्मजात पनि त पक्कै केही न केही गुण मभित्र आयो नै । आजको ‘म’ बन्नुमा बढी भूमिका भारतमा पढ्दा संगत गरेका साथीहरूले गरेका यौन–विषयका कुराकै पो छ कि † तिनीहरूलाई त केटी देख्नै नहुने † म पनि केटीको बाटो नछोडि रमाइलो गरिदिन्थेँ । मलाई पछि पनि त्यो व्यवहारको असर पर्‍यो होला । हैदराबादबाट आइए, देहरादुनबाट बिए र मुजफ्फरपुरबाट एमए गरेको हुँ मैले । म जहाँ–जहाँ पढेँ, उतिबेलाका मेरो संगतमा आएका सबैजसो भारतीय साथीहरू यौनका मामलामा उट्पट्याङ नै थिए ।
साहित्य, कला र संगीत तीनवटा कुरा नभएको भए अहिलेको संसार भद्दा र कुरूप हुन्थ्यो । भगवानले त्यसै कारणले संसार रसिलो बनाउन यी सिर्जनाका कुरा बनाइदिएका होलान् । यी सिर्जनाका विधा थिएनन् भने गुन्डा पाल्ने र घुस खाने अपराधीको दुर्गन्धमा संसार डुबेको हुन्थ्यो होला । हुन त अहिले पनि दुर्गन्ध रोकिन सकेको छैन र सिर्जनाले रोक्न सकेको पनि छैन । तर, कम्तीमा पनि तिनीहरूबारे लेखिन्छ । लेख्नु र सिर्जना गर्नु स्वयंमा सुन्दर कुरा हुन् ।
नमिलेका कुरा हेर्दै जाँदा सृष्टि राम्रै छ तर यसलाई सबैतिर मिलेको छ भन्न मिल्दैन । मेरो हेराइमा भन्नुपर्दा नमिल्नु पनि सुन्दरता नै हो । अलिअलि संघर्ष त सबै प्राणीले गर्नै पर्छ । हरेक जनावर र प्राणीको आफ्नै ताल र स्वर हुन्छ, अर्कै संसार हुन्छ । हामीले यसरी हेर्‍यौँ भने संसार निकै सुन्दर देख्छौँ । मेरो लेखनमा परेको प्रभावकै कुरा गर्दा, ममा कलेजमा पढेकोरपढाएको अंग्रेजी साहित्य र मैले रस लिएर पढ्ने पूर्वीय साहित्य दुवैको गहिरो प्रभाव छ ।
आपैँmलाई थाहा भए अनुसार, म संस्कृत साहित्यबाट बढी प्रभावित छु । ममा बंगाली र हिन्दीका महान् लेखकको पनि प्रभाव छ । अंग्रेजीको प्राध्यापक भएर पनि युवावस्थामा पढेका कालिदास र रविन्द्रनाथहरू म कहिल्यै भुल्न सक्दिनँ ।
समयसँगै सिर्जनात्मक कुराको मूल्य घट्छ भन्नेहरूको टिप्पणी मलाई उल्टो लाग्छ । बरु त्यो बढ्दै जान्छ । मान्छेलाई रोटी र भातले पुग्दैन । त्यस अवस्थामा साहित्य, कला, संगीतजस्ता विषयमा रम्छ ऊ । बज्रस्वाँठहरू साहित्यले के नै पो दिन्छ र भन्छन् तर कुरा त्यसो होइन, सिर्जना र साहित्यमा मानव सभ्यता, संस्कृति, इतिहास सबै आउँछन् । त्यसै नबुझी यी कुराले केही दिँदैन भन्छन् सरकारी मान्छे र बज्रस्वाँठहरू । उनीहरू टेबुलमुनि, माथि सबैतिरबाट घुस खान्छन्, त्यसैमा रमाउँछन् । हो, ती बज्रस्वाँठहरूबाहेक सबैमा संवेदना, नोस्टाल्जिया र भावना हुन्छ । तिनीहरू चाहिँ मर्ने बेलासम्म कसरी धेरै घुस खान सकिन्छ भन्ने मात्र सोचिरहन्छन् ।

प्रस्तुति :पदम गौतम

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा

समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के

एजेन्सी । बेलायतमा एउटा वैवाहिक कार्यक्रममा जाँदा आफ्नो हात भाँच्चिएपछि एक शिक्षिकाले विवाह विरुद्ध मुद्दा दायर गरेकी छिन् । विवाह

आजको प्रमुख समाचार