‘मुक्तिलाई खायो मनको बाघले’

१ माघ २०६९, सोमबार ०९:११ मा प्रकाशित

काठमाडौ, १ माघ । अमेरिका जान भनी एयरपोर्ट पुगिसकेर पनि बाबुराम सरकारका महान्यायाधिवक्ता मुक्ति प्रधान घर फर्किएको घटनाले यतिबेला निकै चासो र चर्चा पाएको छ । प्रत्यक्ष कारणविना नै उनी किन अमेरिकाको भ्रमण रद्द गरी फर्किए होलान् ? प्रश्न उठ्नु स्वाभाविक छ । र, वर्तमान सन्दर्भमा यसको जवाफ पनि त्यति जटिल पक्कै छैन । मानिसले बाहिर अरुलाई ढाँटे पनि अन्तरमनलाई कदापि ढाँट-छल गर्न सक्दैन भन्ने कुराको एक ज्वलन्त उदाहरणका रुपमा मुक्तिको अमेरिका भ्रमण रद्द प्रकरणलाई लिन सकिन्छ । मानवअधिकार उल्लंघनको अभियोगमा पक्राउ परिने डरले नै दोमन गर्दै आइतबार विमानस्थल पुगेका उनले अमेरिका नजानमै आफ्नो कल्याण देखेका हुन् भन्नृमा सन्देह राखिरहनै पर्दैन ।
पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न अभियुक्तको अनुसन्धान र बयान नै रोक्न लगाउने आफ्नो लिखित आदेशप्रति कुटनीतिक नियोग र अन्तराष्ट्रिय समुदायले गम्भीर असन्तुष्टि जनाउँदै प्रधानमन्त्री र महान्यायाधीवक्तालाई विदेश भ्रमणमा रोक लगाउने तिब्र तयारी गरिरहेको थियो । यसको सुईंको अन्ततः मुक्ति प्रधानले पनि पाइहालेछन् ।
संयोग पनि कस्तो भने अमेरिकाको बोष्टनस्थिट युनिभर्सिटी अफ न्यु हेभेनले प्रधानलाई ‘फौजदा न्याय प्रणाली र विधिको शासन’ बारे दुई साता लामो अध्ययन भ्रमणमा बोलाएको थियो । तर, यता सरकारको महान्याधिवक्ताको जिम्मेवारीमा रहेका मुक्ति प्रधान भने जघन्य हत्याका अपराधिमाथिको कारबाही रोकाउन दिलोज्यानले अनधिकृत रुपमा लागिपरेका थिए । भर्खर्र बेलायतमा सेनाका कर्णेल समातिएको घटनाले उनलाई सम्भवतः बेस्सरी झस्काएको हुनुपर्छ । अन्यथा बिमानस्थलसम्म पुगेर पनि फर्कनुपर्ने थिएन ।
हुन त पहिल्यै तय भइसकेको प्रधानको भ्रमणका लागि अमेरिकी दुतावासले दिइसकेको भिसा पनि फिर्ता गरिदिएको थियो । त्यतिबेलै मुक्ति अत्तालिएका उनीनिकट स्रोतको कथन छ । तर, फे।िर उनले अमेरिका जाने नै निर्णय गरे र कर्मचारीहरुलाइै दौडाएर दोहोरयाएर भिसा अनुमति हासिल गरेका थिए । अमेरिकी दूतावासले दोहोरयाएर भिसा दिए पनि प्रधान भने निकै तनावमा थिए । बनको बाघले खावस् नखावस् तर मनको बाघले भने मुक्तिलाई खग्रास तुल्याउने गरी खाएको महान्यायाधिवक्ता कार्यालयकै एक कर्मचारीले टिप्पणी गरे । यसबाट योे सिद्ध भएको छ कि अपराध देखावटीका लागि छोप्न सकिएला तर अपराधबोधलाई छेक्न किमार्थ सकिँदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति