हत्यारामाथि कारबाहीको माग यसरी गर्यो नेबि संघले

१ माघ २०६९, सोमबार ०८:३७ मा प्रकाशित

रासस/ काठमाडौं, १ माघ । नेपाल विद्यार्थी सङ्घले पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न अभियुक्तहरुलाई कारबाहीको माग गर्दै आज यहाँ किरियापुत्री जुलुस निकालेको छ। स्थानीय भृकुटीमण्डपबाट निकालिएको सो जुलुसमा करिब ५०० जनाको सहभागिता रहेको थियो भने दुई दर्जनले सेतो वस्त्र पहिरिएर किरियापुत्रीका रुपमा सहभागी भएका थिए। जुलुस पद्मोदय पुतलीसडकमा आएर कोणसभामा परिणत भएको थियो।
सो अवसरमा नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले सरकारले मानव अधिकारको गम्भीर अपराधमा संलग्न दोषीलाई संरक्षण दिएर विधिको शासनविपरीत कार्य गरेको भन्दै अपराधीको संरक्षण गर्ने सरकारले राजीनामा दिनुपर्ने बताए।
सङ्घका अध्यक्ष रञ्जित कर्णले सो घटना मानव सभ्यता विरोधी रहेकाले त्यसलाई एनेकपा (माओवादी) र सरकारले राजनीतिकरण गरेर अपराधीलाई जोगाउने नियतले घटनाको छानबिन तथा अनुसन्धानलाई अवरोध पुर्‍याउन खोजेको उल्लेख गरे।
सङ्घका प्रवक्ता युपी लामिछानेले सरकारले सो विषयलाई शान्ति प्रक्रियासँग जोडेर कानुनी राज्यको अस्तित्व समाप्त पार्न खोजेको भए पनि दोषीलाई कडाभन्दा कडा कारबाही नगर्दासम्म आफूहरुको आन्दोलन नरोकिने बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार