लोकतान्त्रिक दलहरुको उपादेयता समाप्तिको दिशामा गएकै हो ?

१ माघ २०६९, सोमबार ०८:१८ मा प्रकाशित

काठमाडौं, १ माघ । राजनीतिक गतिरोधको अन्त्य गर्न भन्दै राष्ट्रपतिले दिलहरुलाई दिएको नवौँ म्याद आज समाप्त हुँदैछ । यसबीच सत्तारुढ र विपक्षी दलहरुले आ–आफ्ना अडान दोहोरयाउने बाहेक सहमतिको सार्थक प्रयास गरेको देखिएन । सहमतिको प्रयास जारी छ, सहमति हुनेमा आशा छ भन्दै आएका नेताहरु पनि अब त्यस्तो सम्भावना नरहेको प्रतिक्रिया दिन थालेका छन् । यस सन्दर्भमा एमाले नेता भीम रावल भन्छन्, ‘अहिलेको स्थिति हेर्दा सहमतिको कुनै सम्भावना देखिन्न । तथापि, राजनीतिक दलहरुबीच सहमति गरेर जानु नै उत्तम विकल्प हो, जनताको हित यसमै छ । तर, त्यो भएन भने विपक्षी राजनीतिक दलहरुले जनतालाई यथार्थ कुराको जानकारी गराएर वर्तमान सरकारलाई राष्ट्रिय सहमतिमा आउन वाध्य पार्नका लागि आन्दोलनको दबाव सिर्जना गर्नुपर्ने हुन्छ ।’
विपक्षी दलहरुको मूख्य लक्ष्य सरकार हो कि चुनाव हो भनी राखिएको प्रश्नमा उनले आफूहरुको मूख्य लक्ष्य संविधानसभाको निर्वाचन गराएर उपयुक्त संविधान बनाई देशलाई शान्ति र स्थिरताकोे बाटोमा लैजाने नै रहेको बताए । तर, संविधानसभाको निर्वाचनको लागि संविधानमा नयाँ व्यवस्था गर्नुपर्नेमा प्रधानमन्त्री तयार नरहेकोले समस्या बढेको उनले ददाबी गरे ।
संवैधानिक निकायहरु रिक्तप्रायः रहेको, सरकारको हातमा असिमित शक्ति आएको र विपक्षी दलहरु निरीह देखिएको अवस्थाबारे झक्झक्याउँदा नेता रावल भन्छन्, ‘ कहिलेकाहीँ स्वेच्छाचारी शासन गर्न खोज्नेहरु झट्ट हेर्दा बलिया देखिन्छन्, विपक्षीहरुले जनतालाई समेटेर प्रभावकारी ढंगले अघि बढ्ने कार्यक्रम अगाडि नल्याएको अवस्थामा यस्तो देखिनु अस्वाभाविक पनि छैन । तर, सरकारका गल्तीहरु प्रस्ट्याएर मुलुकलाई शान्ति र समृद्धितिर लैजान कसरत गर्दा जनताले साथ नदेलान् भन्नुपर्ने अवस्था पटक्कै छैन ।’ उनका अनुसार माघ २० मा हुने भनिएको एमाओवादीको महाधिवेशनयता सो दलका नेता प्रचण्ड सरकार परिवर्तनबारे केही गर्न चाहँदैनन्, यो कुरा पटक–पटक उनले विपक्षी खेमाका नेताहरुसमक्ष राखेका पनि थिए, तर एमाओवादी सहमतिमा आइहाल्छ भन्दै नेताहरु विश्वासमा परेकाले धोका खाइएको नेता रावलको भनाई छ ।
विपक्षीहरु अब सहमति होला भनी चुप लाग्न नहुने र जनतामाझ उत्रिहाल्ल्नु पर्ने उनको ठहर छ । देश बर्बाद भइरहँदा विपक्षी चुप लागेर बसिरहने हो भने विपक्षी दलहरुले पनि मुलुकप्रतिको कर्तव्य निर्वाह नगरेको ठहरिनेमा उनले विशेष औँल्याए । यस्तै हो भने लोकतान्त्रिक दलहरुको उपादेयता नै समाप्त हुनेसम्मको चेतावनी पनि उनले दिए ।
के साँच्चै लोकतान्त्रिक खेमामा रहेका विपक्षी दलहरु आन्दोलनका लागि अक्षम सावित भएकै हुन् त ? यसले कांग्रेस र एमालेजस्ता दलहरुको उपादेयता समाप्तिको दिशामा गएकै हो त ? प्रश्न गम्भीर छ, यसको जवाफ भने दलहरुले आगामी दिनमा चाल्ने कदमका आधारमा मात्र खोज्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

आजको प्रमुख समाचार