पत्रकार–हत्याराको मुद्दाबारे सर्वोच्चमाथि सबैको नजर

१ माघ २०६९, सोमबार ०८:१४ मा प्रकाशित

काठमाडौं, १ माघ । पत्रकार डेकेन्द्रराज थापाको हत्यासम्बन्धी अनुसन्धान रोक्नमा महान्याधिवक्ताले दिएको निर्देशन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा आइतबार परेको रिटमा मंगलबार सुनुवाई हुने भएको छ । उक्त निर्देशनको बिरोधमा दैलेखलगायत देशभर पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालका मुद्दा व्यक्तिपिच्छे उठाउनुभन्दा प्रस्तावित सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत समग्र रुपमा हल गरिनुपर्ने बताइआएका छन् भने कानूनका कैयन वेत्ताहरुले चाहिँ सो आयोग गठनसम्बन्धी सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको विधेयक नै त्रुटीपूर्ण रहेकोले सच्याएर मात्र पास गरिनुपर्ने तर्क गर्दै आयोग नबने पनि कानूनी प्रक्रिया जारी रहनुपर्ने र महान्याधिवत्ताले आफूसम्म नआइपुग्दै जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयलाई अभियुक्तको बयान रोक्न आदेश दिने अधिकार नरहेको जिकीर गरिरहेका छन् ।
यस्तो परिवेशमा अधिवक्ता गोविन्द बन्दीले दायर गरेको रिटमा अनुसन्धान रोक्न प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानले दिएको निर्देशनलाई बदर गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन जो माग गरिएको छ, यसलाई सर्वोच्चले कसरी सम्बोधन गर्नेछ, चौतर्फी चासो र प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

आजको प्रमुख समाचार