१३ वर्षका बालकले घरबाट भागेर गरे हजार किमि यात्रा

२९ पुष २०६९, आईतवार २३:०४ मा प्रकाशित

एजेन्सी, २९ पुस । युरोपमा एक १३ वर्षीय बच्चाले आफ्नो परिवारसँग भेटघाट गर्नका लागि आफ्ना धर्मपिताको कार लिएर भागेको एक रोमान्चकारी घटना प्रकाशमा आएको छ । यसरी भाग्ने क्रममा उक्त बालकले शक्तिशाली मर्सिडिज कार लिएर एक हजार किलोमिटरको यात्रा गरेका छन् ।
एजेन्सीहरुका अनुसार नाम र विस्तृत ठेगाना सार्वजनिक नगरिएको उक्त बालक आफ्ना धर्मपिता–मातासँग झगडा परेपछि इटलीबाट भागेका थिए । इटली हुँदै उनले अष्ट्रेलिया पार गरे र जर्मनीको सीमातर्फ अघि बढे, जहाँ उनी पक्राउ परे । परिवारले प्रहरी तथा इन्टरपोललाई सूचित गरेपछि उनी पक्राउ परेका थिए ।
उक्त बालकलाई दुई वर्षअघि इटलीको एक परिवारले धर्मपुत्र बनाएको थियो भने झगडा परेपछि उनी आफ्ना वास्तविक आमाबाबुसँग भेटघाट गर्न पोल्याण्ड जाँदैथिए । आफ्नी सौताने आमासँग मोबाइल फोनका विषयमा झगडा परेपछि मौका मिलाएर बालकले आफ्ना धर्मपिताको मर्सिडिज कार लिई र छोडेका थिए ।
पहिले नै कार चलाउन सिकेका ती बालकले घटनाका क्रममा उक्त हाइ पावर मर्सिडिज कार अत्यन्त आत्मविश्वास र सहजताका साथ चलाएको बताइएको छ । इटालियन मिडियाका अनुसार विशेषगरी ती बालक आफ्नी बहिनीसँग भेटघाट गर्न अत्यन्त न्यास्रिएका थिए ।
प्रहरीका अनुसार यो घटना यसकारण पनि अनौठो बन्न पुग्यो कि दुई–दुईवटा अन्तर्राष्ट्रिय सीमा काट्नुका साथै बालकले दुई ठाउँमा कारमा इन्धन राख्नसमेत भ्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको

आजको प्रमुख समाचार