यसो पनि गर्छन् गाविस सचिव

२९ पुष २०६९, आईतवार २२:२९ मा प्रकाशित

रासस/ राजविराज, २९ पुस । सप्तरीको गोबरगाढा गाविसका सचिवले विगत आर्थिक वर्षमा सम्पन्न गरिएको कार्यक्रमलाई गत आर्थिक वर्षमा सम्पन्न गरिएको देखाइ आर्थिक हिनामिना गरेका छन्। एक नं योगिनियाँ गाविसमा बसोबास गर्दै आएका गोबरगाढा गाविसका बासिन्दाका लागि निर्माण गरिएको सामुदायिक भवनमा गत आर्थिक वर्षमा रकम निकासा गरेको भनी आर्थिक हिनामिना गरेको गाउँलेले आरोप लगाएका छन्। एकीकृत योजना तर्जुमा समितिको बैठकमा गाउँले तथा समितिका सदस्यले सो आरोप लगाएका हुन्।
उक्त सामुदायिक भवन आर्थिक वर्ष २०६७/०६८ मै बनाइए पनि आर्थिक वर्ष २०६८/०६९ मा रकम निकासा गरिएको गोबरगाढाका सचिव नन्दकिशोर यादवले बताए। यसैगरी गोबरगाढामा एउटा देउता थान बनाउन गाविसको हिसाबमा रु २० हजार देखाए पनि रु १० हजार मात्रै दिएका छन्। उक्त ठाउँमा दिनाभद्री थान र तपसीबाबा थान गरी दुई वटा देउता थान बनाउन रु ४० हजार ६ सय ३० पेश्की दिएको देखाइएको छ।
गाविसको विभिन्न ठाउँमा माटो पुरेको नाममा लाखौँ रुपैयाँ खर्चिएको हिसाब देखाए पनि कुनै पनि वडामा माटो नपुरिएको नेपाली कांग्रेसका क्रियाशील सदस्य लक्ष्मण यादवले बताए। यता गाविसले आफ्नै डुङ्गा खरिद गरेको भनी आर्थिक हिनामिना गरेको देखिएको छ। विगत आर्थिक वर्षमा खरिद गरिएको डुङ्गा चलाउन दिएका व्यक्तिबाट पुनः खरिद गरेको हिसाब देखाएका छन्।
चलाउन दिएका व्यक्तिको पारिश्रमिकवापत रु सात हजार पाउनुपर्नेमा उक्त डुङ्गा रु १५ हजारमा खरिद गरिएको सचिव यादवले बताए। सात हजार रुपियाँ तिर्नुपर्नेमा रु १५ हजार किन तिरियो भनी प्रश्न गर्दै गोबरगाढा गाविसका निवर्तमान उपाध्यक्ष दुःखी मुखियाले आफ्नै डुङ्गा आफैं किनेर सचिव र अन्य कर्मचारीले भ्रष्टाचार गरेको जनाए।
सचिवले मनोमानी ढङ्गले रकम खर्चेका छन्, मुखियाले भन्नुभयो, बाँस बोरीको नाममा सचिवले भ्रष्टाचार गरेका छन्। विगत वर्षमै गरिएको बोरीलाई गत आर्थिक वर्षको योजना भनी आर्थिक हिनामिना गरेको उनको आरोप छ।
गाविसमा आफूहरुले बुझाएको योजना नै नपारी आफ्नै मनले योजना छनोट गर्ने गरेको युवाहरुको आरोप छ। स्थानीय सियाराम यादवले युवाको योजना एउटै पनि नपार्ने गरेको आरोप लगाए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल