क्रान्तिकारी पत्रकार संघको ‘काउण्टर बिरोध’ !

२९ पुष २०६९, आईतवार २१:५२ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २९ पुस ।  मुलुकमा हालसम्म राज्य तथा गैरराज्य पक्षबाट हत्या र बेपत्ता पारिएका पत्रकारहरुको अवस्था पत्ता लगाई दोषीलाई कारवाही गर्न दबावस्वरुप क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले आगामी माघ २ गते मंगलबार बुटवलमा प्रदर्शन गर्ने भएको छ ।
संघका अवध अध्यक्ष यानेन्द्र जीसीको प्रमुख आतिथ्यमा आइतबार बुटवलमा बसेको बैठकले मुलुकमा हालसम्म बेपत्ता पारिएका तीन तथा हत्या गरिएका ३३ जना पत्रकारको सत्यतथ्य पत्ता लगाई तत्कालिन सरकारका जिम्मेवार प्रशासक एवं दलका नेताहरुलाई समेत छानविन र कारवाही गर्न आग्रह गरेको छ । बैठकपछि संघका रुपन्देही अध्यक्ष रुद्रहरि कुंवर तथा सचिव भुवन कार्कीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आगामी मंगलबार विहान ११ बजे बुटवलको मिलनचोकमा उपस्थितिको लागि सञ्चारकर्मी, न्यायप्रेमी जनसमुदाय तथा अधिकारकर्मीलाई आग्रह गरेको छ । प्रदर्शनकारीले बुटवल बजार परिक्रमा गरी मिडियाचोकमा विरोध सभा गर्ने संघको विज्ञप्तिमा उल्लेख छ । बैठकमा दैलेखका पत्रकार डेकेन्द्र थापासहित कृष्णसेन इच्छुक, बेपत्ता पारिएका मिलन नेपाली लगायतका पत्रकारका परिवारलाई न्याय दिलाउन तत्काल पहल गरिनुपर्नेमा जोड दिइएको थियो ।
संघको यस कदमलाई कतिपयले डेकेन्द्रको हत्यारामाथि कारबाही अगाडि नबढाउन प्रधानमन्त्रीले दिएको निर्देशनको बिरोधमा चौतर्फी उठिरहेको आवाजलाई काउन्टर दिन खोजेको रुपमा अथ्र्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार