खैरेनीटार महोत्सव-२०६८; चौंथो दिन

१४ चैत्र २०६८, मंगलवार १९:३२ मा प्रकाशित

करीमबक्स मियाँ, तनहुँ, १४ चैत । आथिर्क,सामाजिक,खेलकुदको बिकास,पर्यटन प्रवर्द्वनको लागि खैरेनीटार महोत्सव,एवं कला,सीप र संस्कृतिको संरक्षण हेतु आयोजित एघार दिने महोत्सवको आज चौंथो दिन मुख्य आकर्षण पोखरेली (माग्ने बुढा) राजेन्द्र नेपाली र (धुर्मुस) युवराज भण्डारीको हास्य प्रस्तूति तथा मनोरन्जन साथ चौथो दिन सम्पन भएको छ ।

महत्सवमा राष्ट्रीय कलाकारहरु कुलेन्द्र बिक,ज्योति बाठा मगर,रामजी पौडेल,माया गुरुङ,लगायत प्रजापति पराजुली,चोलेन्द्र पौडेल,तारापति सुवेदी,र जीवन दाहालले लगायत कलाकारहरुले दर्शकहरुलाई लोक प्रस्तूति दिई भरपुर मनोरन्जन दिलाएका थिए।
साथै राष्ट्रीय लोक दोहोरी प्रतिस्पर्धा अन्तर्गत अन्जुको समुह बेलचौतारा तनहुँ र नवल परासीबाट आएका राष्ट्रीय कला प्रतिस्ठानका समुह बिच घम्साघम्सी लोक दोहोरी प्रतियोगिता समेत भएको थियो।
यसका साथै पच्चिमंचल गायन ताराको टप आठको प्रस्तूति, शुक्लेश्वर भजन-किर्तन समुह धोर्फिर्दीको प्रस्तुती,किमलडाँडा तनहुँका कुमाल समुदायको कौडा, साथै भलिवल खेल लगायतका अन्य विविध प्रस्तुती रहेका थिए ।चौंथो दिनको कार्यक्रममा सबै भन्दा रोचक प्रस्तूति पोखेरेली माग्ने बुढा र धुर्मुसको रहेको छन ।

दुई करोड कारोबारको लक्ष्य लिईएको उक्त महोत्सवमा आफुहरुले लिएको कारोबारको लक्ष लगभग पुरा हुने देखिएको र जुन उद्देस्यका लागि विगतदेखि महोत्सव संचालनमा आएको छ त्यसले क्षेत्रीय स्तरमा आर्थिक सम्भावना तथा धार्मिक तथा प्राकृतिक संरक्षण एवं आन्तरिक तथा बाह्य पर्यटन बिकासमा भरमग्दुर सफलता हात पर्ने मुलायोजक समिति तथा नेपाल उधोग वाणिज्य संघ,खैरेनीटार इकाईका अध्यक्ष हरी बहादुर थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको