प्रमुख तीन दलबीच छलफल निश्कर्षविहीन

२९ पुष २०६९, आईतवार १९:५९ मा प्रकाशित

काठमाडौं, २८ पुस । राष्ट्रपतिले पटक पटक दिएको सहमतिको म्याद त्यसै गुजारेका प्रमुख राजनीतिक दलहरुबीच आइतबार पुनः छलफल भएको छ । सहमतीय सरकार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा एमालेले एमाओवादी र कांग्रेससँग परामर्श गरेको हो । पूर्वसहमति अनुसार कांग्रेस नेतृत्वमा सरकार बनाउनु पर्ने अडान राख्दै आएको एमालेले आजको छलफलमा कांग्रेस सभापति सुशील कोइरालालाई सहयोग गर्न एमाओवादीसँग आग्रह गरेको थियो । एमाओवादीले चाहिँ यथाअवस्थामा कांग्रेस सभापति कोइरालालाई सहयोग गर्न नसकिने जनाएको छ ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुले अघि सारेका प्रस्तावमा सहमति भए कोइरालालाई मान्न सकिने अन्यथा सहयोग गर्न नसकिने बताए । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सुशील कोइरालाकै नेतृत्वमा सहमति सरकार बनाउन एमाओवादीसँग प्रस्ताव गरेको बताए ।
कांग्रेस नेताहरुले एमाओवादीले अनेक बहाना र विकल्प बनाएर चुनाव टार्ने षड्यन्त्र गरेको आरोप लगाए । कांग्रेस नेता मिनेन्द्र रिजालले एमाओवादीले सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बनाउन अनेक बहानाबाजी गरिरहेको बताए । दलहरुबीच आइतबारको छलफल पनि निष्फल भएको अनुभूति गरिएको छ भने दलहरुको यस रवैया राष्ट्रपतिका लाथि थप टाउकोदुखाईको विषय बन्ने निश्चित मानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार