भाइले गरे दाइको हत्या

२९ पुष २०६९, आईतवार १९:४६ मा प्रकाशित

काठमाडौं, २९ पुस । अपहरणमा परेको आशंका गरिएका पाल्पा बागखोर, प्रभासका युवा सुदीप कोइरालालाई उनकै भाइ सुजनले हत्या गरेर फालेको खुलासा भएको छ । ६ दिनदेखि बेपत्ता २५ वर्षिय कोइरालाको शव पाल्पामै एक भीरमा फेला परेको छ भने प्रहरी अनुसन्धानलेमृतककै भाई २३ वर्षीय सुजन कोइराला र अर्का सहयोगी २८ वर्षीय कालु चन्दले हत्या गरेको देखाएको छ ।
प्रहरीले पक्राउ गरेका दैलेख चौराह गाविस, २ का कालु चन्दलाई ‘कन्ट्रयाक्ट किलर’ का रुपमा हायर गरेर हत्यापछि सिद्धार्थ राजमार्गको केराबारी नजिकै सडकबाट करिव ४ सय मिटर तल भिरबाट फालेको भाई सुजनले प्रहरीसमक्ष स्वीकारेका छन् । मृतकका बाबुका हरिदेव कोइरालाका अनुसार छोरा मृतक सुदीप त्यस दिन साँझ सुतिरहेको अवस्थामा केही युवाहरुले बोलाउन आएको र आफूले साथीहरु होलान भनी कुनै चासो नदिएको बताएका थिए । प्रहरीका अनुसार घरमै हत्या गरेर सुत्ने तन्ना, बिस्ताराले पोको पारेर बोरामा राखेर भिरबाट सोहीदिन राति खसालिएको थियो ।
प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले हत्या किन र केका लागि भयो भन्ने एकिन नभएपनि घरायशी झैझगडा र भाई भाई बीचको रकम लेनदेन नै मुख्य कारण हुन सक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय