छानबिन भए शान्तिप्रक्रिया भंग हुने चेतावनी

२९ पुष २०६९, आईतवार १६:११ मा प्रकाशित

काठमाडौं, २९ पुस । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल सुनिलले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको छानविन गरेर कारवाही हुने भए शान्तिप्रक्रिया भंग हुने चेतावनी दिएका छन् । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा उनले द्धन्दकालमा भएका घटनाको यसरी छानविन गरिने हो भने द्धन्दकालमा सरकारको नेतृत्व गरेर एमाले र कांग्रेसको नेताहरु पनि तानिने चेतावनी दिए । पौडेलले भने– आफै हस्ताक्षर गरेको विस्तृत शान्ति सम्झौताको विरोध गरे कहिँ पुगिँदैन । शान्ति सम्झौताबाट टुङ्गिएका कुरा अहिले उठाएर शान्ति सम्झौता भंग गर्ने षडयन्त्र भइरहेको छ ।
उनले द्धन्दकालको घटनाको सत्य निरुपण तथा मेलमिलाप आयोगबाट घटनाको छानविन गरे मिलाउनु पर्ने भन्दै यसरी एक जनाको हत्याको घटनालाई लिएर विपक्षीहरुले आन्दोलन सरकार चुप लागेर नबस्ने चेतावनी दिए ।
पौडेलले भने– यसलाई लिएर विपक्षीहरु आन्दोलनमा उत्रिए घटना उत्तेजक हुन्छ । सरकार पनि उनीहरुले आन्दोलन गरे हामि पनि चुप लागेर बस्दैनौँ ।
माओवादी शान्तिप्रक्रियाप्रति प्रतिबद्ध भएकोले नै सेना समायोजन र हतियार ब्यवस्थापन गरेको दावी गर्दै सम्झौता विपरित गतिविधी भए पछि प्रधानमन्त्री र महान्याधिवक्ताले चुप लागेर बस्न नसक्ने बताए । उनले अनुसन्धान हुन प्रधानमन्त्री र महान्यायाधिवत्ताले आदेश दिएको भनी पत्रकारहरुले राखेको जिज्ञासामा यस्तो जवाफ दिएका हुन् ।
सोही कार्यक्रममा नेकपा एमालेका सचिव शंकर पोख्रेलले सत्य निरुपण आयोगको जामा पहिर्याएर जघन्य मानवताविरोधी घटनालाई ढाकछोप गर्ने प्रयत्न भएको दावी गर्दै पत्रकार डेकेन्द्र थापाको हत्याकाण्डको छानविन रोकिए त्यसकाविरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिए ।
उनले द्धन्द्धका कालमा भएका प्रतिसोध पूर्ण घटनाको सम्बन्धमा मात्रै सत्य निरुपण तथा मेलमिलाप आयोगले मेलमिलाप गराउन सक्ने भन्दै यस्ता मानवता विरोधी घटनाको सन्दर्भमा कानूनी कारवाहीको सिफारिस बाहेक केही गर्न नसक्ने स्पष्ट पारे ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले पत्रकार हत्याको छानविन रोक्ने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीलाई थप लज्जित बनाएको भन्दै काग्रेस पत्रकार हत्या सहितका विषयलाई लिएर सडक आन्दोलनमा जाने चेतावनी दिए । उनले भने– यस्ता प्रधानमन्त्रीलाई अझै सत्तामा राख्ने भए मुलुक अझै लज्जित हुनु पर्छ ।
प्रधानमन्त्रीले सत्य निरुपण तथा मेलमिलाप आयोगको अर्थनै नबुझेको दावी गर्दै आयोगले मानवताविरोधी, मानवअधिकार विरोधी, बलात्कारको घटनालाई मिलाउन नसक्ने स्मरण गराए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दोहोरो भिडन्तमा मरेको बाहेक सबै घटना द्धन्द्धसँग सँग सम्बन्धीत नभएको भन्दै पानी लिन गएको पत्रकारलाई जिउँदै पुरेर मार्नु अनि द्धन्द्धको घटना भनेर कार्यकर्तालाई बचाउन खोज्नु दण्डहिनताको पराकाष्ठा भएको बताए । उनले भने– निर्दोष पत्रकारलाई जिउँदै माने अनि द्धन्द्धको घटना भनेर हुन्छ । प्रधानमन्त्री देशको हो कि कार्यकर्ताको हो ?
यसैबीच नेपाल रिपब्लिक पार्टीका प्रेसिडेन्ट सिद्धार्थ गौतमले एक विज्ञप्ति प्रकाशित गरी कम्य’निस्ट क्रान्तिका नाममा निर्दोष पत्रकार एवम् नागरिकहरुलाई यातनाप”र्ण तरिकाले मार्ने एनेकपा माओवादीमाथि निश्पक्ष छानबिन गरी दोषीलाई यथाशीघ्र कारबाही गर्न र पीडित पक्षलाई क्षतिप”र्ति प्रदान गर्न माग गरेका छन् । दोषीलाई उम्काउन प्रधानमन्त्री र महान्यायाधिवक्ताले गरेको कसरतको भत्र्सना गर्दै अन्तर्राष्टिय कठघरामा उभ्याउने चेतावनी उनले दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको मतदानमा ३९ जनाले भोट हालेका छैनन् । केन्द्रीय निर्वाचन आयोगका सदस्य

हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।भारतमा चार

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना

काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्