कांग्रेसको बहुमत नहुँदा राजनीतिक अस्थिरता बढेको पौडेलको दाबी

२९ पुष २०६९, आईतवार ११:२७ मा प्रकाशित

रुपन्देही, २९ पुस । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी र मधेशी मोर्चा बहुमतमा भएका कारण सहमति हुन नसकेको तर्क गरेका छन् । नेपाल मगर संघ नवलपरासीको दोश्रो जिल्ला अधिवेशनको शनिबार कावासोतीमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेता पौडेलले माओवादीको सत्तामोह र अरु दललाई दोष लगाउने प्रवृत्तिको कारण सहमति हुन नसकेको दाबी गरे । नेपाली कांग्रेसको बहुमत नहुँदा अहिले मुलुकमा राजनीतिक अस्थिरता भएको उल्लेख गर्दै संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको भए अहिले मुलुकले नयां संविधान पाएर पनि लोकतन्त्र स्थापित भइसक्ने जिकीर गरे । वहुभाषा वहुभेष भएको मुलुकमा सवैलाई मिलाएर संघीय गणतान्त्रिक नेपाल निर्माणमा कांग्रेस अग्रसर भईरहदा एकीकृत माओवादी र मधेशी मोर्चाले वाधा गरेको उनको आरोप थियो ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ नवलपरासीको दोस्रो अधिवेशन आइतबार नयां नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार