मदन भन्डारी एकेडेमीमा भ्रष्टाचार

२९ पुष २०६९, आईतवार ११:२१ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २९ पुस । मदन भण्डारी स्पोर्ट एकेडमी रुपन्देहीमा लाखौँको अनियमितता भएको खुलासा भएको छ । एकेडमीका उपाध्यक्ष र कोषाध्यक्षसहितका पदाधिकारीहरुले भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत् गतबर्ष बुटवलमा सम्पन्न मदन भण्डारी गोल्डकप प्रतियोगिता सञ्चालन गर्नका लागि संकलन गरीएको रकममा भ्रष्टाचार भएको खुलासा गरेका हुन् ।
एकेडमीका अध्यक्ष ध्रुव आर्चायले खेल सकाएको १४ मिहना बितीसक्दा पनि हालसम्म खेल सञ्चालन गर्दाको आम्दानी खर्च सार्वजनिक गर्न नमानी मनोमानी तरीकाबाट रकम हिनमिना गरेको आरोप उनीहरुको छ । प्रतियोगिता सपन्न गर्नका लागि करीब १५ लाख रुपैयाँ खर्च भए पनि ३० देखि ३५ लाख रुपैयाँ रकम संकलन भएको पत्रकार सम्मेलनमा एकेडेमीका उपाध्यक्ष धर्मराज गीरीले जानकारी दिए । पटक–पटक खेल सञ्चालन गर्दाको आम्दानी खर्च सार्बजनीक गर्न र बैठक राख्न आग्रह गर्दा पनि अध्यक्षले नमानेको एकेडमीका कोषाध्यक्ष ध्रुव अधिकारीले बताए । प्रतियोगिता सम्पन्न गर्न जम्मा १८ लाख खर्च भएको खुलाउँदै उनले ३५ लाख आम्दानी रहेको दाबी गर्ने अध्यक्षबाट खेलमा खर्च भएकोजत्तिकै रकम हिनामिना भएको दाबी गरे ।
अध्यक्षको एकलौटी पाराका कारण एकेडेमीका १६ जना पदाधीकारीले राजीनामा दिइसकेको समेत सो अवसरमा जानकारी दिइयो । गत बर्ष कात्तीक १८ देखि मंसिर ३ गतेसम्म ब्ुटवलमा मदन भण्डारी गोल्डकप प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

आजको प्रमुख समाचार