नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप बढेको लेखीको दाबी

२९ पुष २०६९, आईतवार ११:१२ मा प्रकाशित

रुपन्देही, बुटवल, २९ पुस । नेपाल अदिवासी जनजाती महासंघ संघीय मोर्चाका अध्यक्ष राजकुमार लेखिले वर्तमान राजनैतिक अस्थिरताको निकास सर्वपक्षीय सर्वदलीय गोलमेच सम्मेलनबाट मात्र हुने बताएका छन् । मुलुक पछिल्लो समयमा परिवर्तनको बाटोतर्फ भन्दा पनि प्रतिगमनको बाटोमा उन्मुख भएको भन्दै यसको लागि विशेष जनदबाब आवश्यक भएको लेखीको तर्क छ ।
आदिवासी जनजाती पत्रकार संघ (अनीज) रुपन्देहीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखीले सरकार कामचलाउ रहेको र सोही अनुसार राष्ट्रपति पनि कामचलाउ बनेको तर्क गरे । उनले डा. बाबुराम भट्टराई नेतृत्वको सरकार पुर्णतया असफल भएको धारणा राखे । लेखीले भने– ‘नेपालका चार राजनीतिक दलहरुसँगै डा. भट्टराई नेतृत्वको सरकार पनि पुर्णरुपमा असफल भएको छ ।’ नयाँराजनैतिक नेतृत्वको सरकार आवश्यक भएको खवस्थामा पटक–पटक दलहरुलाई म्याद थप गर्ने कार्य गरेकाले राष्ट्रपतिप्रति पनि प्रश्न उठाउने बेला आएको उनले बताए ।
पछिल्लो समयमा नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप बढेको असैह्य रुपमा बढेको उल्लेख गर्दै थारुनेता लेखीले कर्णेल लामालाई बेलायत सरकारले पक्राउ गर्नु नेपाली जनता तथा नेपाल सरकारप्रति हस्तक्षप र नेपाली राष्ट्रियताप्रति धावा बोलेको अर्थमा लिनुपर्ने तर्क गरे ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार