ग्यारेजबाट हात्तीदन्त र रक्तचन्दन बरामद

२९ पुष २०६९, आईतवार ११:०६ मा प्रकाशित

काठमाडौं, २९ पुस । एम्बुलेन्स लगायतका संवेदनशील साधनहरुलाई प्रयोग गरेर विभिन्न अवैध सामग्रीको तस्करी हुने गरेको कुरा नौलो होइन । यही श्रृंखलामा जोडिँदै बीर अस्पताल पछाडि बौद्ध स्तुपानजिक रहेको अटो क्लिनिक ग्यारेजका सञ्चालकले रक्तचन्दनलगायतका सामग्रीको तस्करी गर्ने गरेको प्रहरीले खुलासा गरेको छ । प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोशाकमा खटीएको प्रहरी टोलीले सो ग्यारेजमा राखिएको बा.२ च ८२०० नम्बरको गाडीबाट सय किलो रक्तचन्दन र हात्तीको दाह्राको माला ७ वटा बरामद गरेको छ । सो गाडीका चालक सिन्धुपाल्चोक जिल्ला तातोपानी बस्ने २१ वर्षीय रमेश श्रेष्ठलाई उक्त सामान र गाडीसहित शनिबार पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल