एमाओवादीले सोझ्यायो पुनस्र्थापनको दिशा

२८ पुष २०६९, शनिबार २२:२६ मा प्रकाशित

काठमाडौं, २८ पुस । एकीकृत नेकपा माओवादीले आगामी दुई दिनभित्र दलहरुबीच सरकार गठनमा सहमति नभए संविधानसभा पुनस्र्थापनका लागि लविङ सुरु गर्ने निर्णय गरेको छ । राष्ट्रपति रामवरण यादवले पछिल्लोपटक दिएको समय–सीमा सकिन २ दिन मात्र बाँकी हुँदा एमाओवादीले अब पनि सहमति नभए निर्वाचन सम्भव नभएको निश्कर्ष निकालेको हो ।
राजधानीको कोटेश्वरस्थित केन्द्रिय कार्यालयमा आज बसेको महाधिवेशन आयोजक समितिको बैठकले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पारित गर्दै संविधानसभा पुनस्र्थापनका लागि छलपल सुरु गर्ने निर्णय गरेको हो । प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित गर्नुका साथै बैठकले आगामी जेठको पहिलो साताभित्र संविधानसभा निर्वाचन गर्ने उद्देश्यसहित बाँकी दुई दिन सहमतिको भरपुर प्रयास गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।
यसैबीच पछिल्लो राजनीतिक परिस्थिति र आगामी रणनीति समेटिएको प्रचण्डको एक सय पृष्ठ लामो प्रतिवेदन सही भएको सो पार्टीका नेताहरुले बताएका छन् । उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजीलगायत सम्पूर्ण पदाधिकारीहरुले दाहालको प्रतिवेदन सही भएको टिप्पणी बैठकका क्रममा गरे । महाधिवेशनमा प्रस्तुत हुनुअघि प्रतिवेदन गाउँ तहसम्म छलफलका लागि पुरयाउने निर्णय पनि सो पार्टीले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार