बाबुराम–प्रचण्ड गद्दार ठहर, जनयुद्धलाई कार्यदिशा बनाउन माओवादी कार्यकर्ताको सुझाव

२८ पुष २०६९, शनिबार २१:१४ मा प्रकाशित

काठमाडौं, २८ पुस । नेकपा–माओवादीको राजधानीमा जारी सातौँ महाधिवेशनको बन्द सत्रमा शनिबार टोली नेताले समूहगत छलफलको निश्कर्ष प्रस्तुत गरेका छन् । विभिन्न २१ समूहका टोली नेताहरुले समूहगत छलफलको निश्कर्ष र सुझाव नेतृत्वसमक्ष प्रस्तुत गरेका हुन् । टोली नेताहरुले राज्यसत्ता प्राप्त गर्न आवश्यकता अनुसार जनबिद्रोह र जनयुद्धकै कार्यनीतिलाई पार्टीले अवलम्वन गर्नुपर्नेमा जोड दिएका थिए । यथास्थितिमा राज्यको पुनर्संरचना सम्भव नभएको निश्कर्ष निकाल्दै उनीहरुले त्यसका लागि दुबै विकल्प खुला राख्न नेतृत्वलाई सुझाव दिएका थिए ।
टोली नेताहरुले जनयुद्धको बलमा जनबिद्रोहलाई पार्टीको अन्तिम विकल्प बनाउनु पर्नेमा जोड दिएको महाधिवेशन प्रतिनिधि कमल शाहीले जानकारी दिए । यस्तै उनीहरुले नेपालको कम्युनिस्ट सिद्धान्तमा विचलन आएको र प्रमुख रुपमा एमाओवादीका पुष्पकमल दाहाल र बाबुराम भट्टराईको गद्दारीका कारण कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको रिपोर्टिङ गरेका थिए । टोली नेताहरुले प्रस्तुत गरेको सुझावलाई लिपीवद्ध गरी भोली आइतबारको बन्दसत्रमा अध्यक्ष मोहन बैद्यले जवाफ दिनुहुने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार