पन्द्र भारतीय प्रहरीको माओवादीद्धारा हत्या

१४ चैत्र २०६८, मंगलवार १७:१० मा प्रकाशित

काठमाडौ, १४ चैत । भारतीय माओवादीले मंगलबार बारुदी सुरुङ विस्फोट गराई कम्तीमा पनि १५ जना भारतीय प्रहरीको हत्या गरेको छ ।
भारतको महाराष्ट्र राज्यमा सोमबार गस्तीमा रहेको प्रहरीको सवारीलाई लक्षित गरी सो बारुदी सुरुङ विस्फोट गराएको भारतीय समाचार समिति प्रेस ट्रष्ट अफ ईण्डियाले जनाएको छ ।

महाराष्ट्र राज्यको पूर्वी भागमा गराइएको भनिएको सो विस्फोटमा सो हत्या भएको बताइएको छ । सो बम विस्फोटका बारेमा थप जानकारी भने केही नआएको पनि समाचारमा जनाइएको छ ।

सो विस्फोटमा परी अरुपनि केहीको हताहति भएको हुनसक्ने बताइएको छ । सो हताहति र घाइतेका बारेमा थप समाचार प्राप्त हुन सकिरहेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ । यस वर्ष तेस्रो

जाकर्ता । इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् । डुंगा

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।

आजको प्रमुख समाचार