अनेसास नवोदितको २२ औँ डबली सम्पन्न

२८ पुष २०६९, शनिबार २१:०९ मा प्रकाशित

राजेन्द्र खनाल, दोहा । कतार डायस्पोरामा बसेर साहित्य सृजना गर्ने सर्जक र साहित्यलाई रूचाउने श्रोताहरूको साझा साहित्यिक चौतारी अनेसास नवोदितले साहित्यिक वाचन श्रृङ्खलाको २२औँ डबली गत शुक्रबार सम्पन्न गरेको छ ।

प्रत्येक महिनाको दोस्रो शुक्रबार कतारमा रहेका नेपालीहरूको केन्द्रविन्दु दोहा जैदा पार्क नजिकैको टपफर्म रेष्टुरेन्टमा गर्दे आएको उक्त साहित्यिक कार्यक्रम यसपटक विभिन्न विधाका सृजनाहरूले निकै साहित्यमय बनेको थियो ।

कवि शिखर वैधको “किन नआउ म यो शहरमा” कवितासंगै जय छाङ्छ राइ, ईन्द्रमणी नेपाल, दिलिप अविरल, विन्देश्वर ठाकुर, ओम ओझेल, राजु मुखिया, वेचैन महत्तो र राजेन्द्र खनाल लगायतले कविता सुनाएका थिए ।

साथै श्याम रानाभाट, विजय फम्वो, पे्रमप्रकास सापकोटा, जगतराम वर्देवा, ईश्वर शाहि, राज कँडेल, सुरेशमान तामाङ्ग, राजेश रूम्मा लामा, दिप गाँउले, शालीकराम गिरी लगायतका सर्जकहरुका गजलसंगै जुन कवी बद्रीप्रसाद पराजुली, ज्ञानेन्द्र अमगाई, विनोद कुमाल र चर्चित ढुङ्गेल लगायतले गीत वाचन गरेका थिए ।

टिका खड्का राष्ट्रप्रेमीको संयोजकत्वो तथा सञ्चालन रहेको उक्त कार्यक्रममा यस पटकका विषेश श्रोता कान्तिपुर साप्ताहिकका होम कार्कीले १७ औँ डवली देखी हाल सम्म निरन्तर उपस्थित हुदा निक्कै रमाईलो र समाचार संकलनमा ठुलो सहयोग पुग्नुका साथै आफुलाई समेत साहित्य श्रृजना गर्ने रहर जाग्न थालेको बताउनु भयो ।

अ ने सा स कतारका पुर्व अध्यक्ष दिपक भेटुवालको समेत उपस्थिती रहेको उक्त कार्यक्रम तोकिएको समय दिनको २ बजेबाट सुरु भइ दिउसो ४ बजे सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार