कानून व्यवसायीको मतदान सम्पन्न

२८ पुष २०६९, शनिबार २१:०९ मा प्रकाशित

काठमाडौं, २८ पुस । कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसियसनको नयाँ नेतृत्व चयनका लागि भएको मतदान कार्य शनिबार सम्पन्न भएको छ । बारको २३ औँ केन्द्रिय कार्य समिति चयनका लागि मुलुकभरका ३३ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।
बिहान ९ देखि अपरान्ह ४ बजेसम्म भएको मतदानमा देशभर गरी ८० प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा अध्यक्षसहित पाँचजना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र नौ जना केन्द्रिय सदस्य पदका लागि ४५ जना चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट अधिवक्ता शेरबहादुर केसी, प्रगतिशील एवम् गणतान्त्रिक समूहबाट अधिवक्ता हरिकृष्ण कार्की र संघीयतावादी समूहबाट अधिवक्ता सुरेन्द्र थापा मगर चुनावी मैदानमा छन् ।
आइतबार बेलुकासम्ममा सबै मतपेटिका राजधानी आइपुगेमा सोमबारदेखि मतगणना थालिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९