अनुसन्धान प्रक्रिया’माथि अनुसन्धान गर्न महासंघ दैलेखमा

२८ पुष २०६९, शनिबार १२:४९ मा प्रकाशित

काठमाडौँ, २८ पुस । देशव्यापी विरोधका बावजुद सरकारले पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न अभियोगमा पक्राउ परेकाहरुमाथि भइरहेको अनुसन्धान लिखत पत्र पठाएरै रोक्न लागेपछि विरोध झन् तिब्र बन्ने अवस्था आएको छ । सरकारी हस्तक्षेप बढ्ने आशंका बढेपछि अनुसन्धान प्रक्रिया र स्थानीय पत्रकारहरुले अहिले भोगेको ुथ्रेटुको अवस्था बुझन् नेपाल पत्रकार महासंघको टोली दैलेख प्रस्थान गरेको छ । महासंघका अध्यक्ष शिव गाउँलेको नेतृत्वमा शनिबार नै टोली दैलेख प्रस्थान गरेको हो ।
डेकेन्द्र हत्यामा पक्राउ परेका अभियुक्तले साविति बयान दिएको बेला प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा महान्यायाधिवक्ता मुक्ति प्रधानले अनुसन्धान नबढाउन स्थानीय निकायलाई लिखित निर्देश गरेपछि अनुसन्धान प्रक्रिया र पत्रकारहरुको अवस्थाबारे बुझ्नै पर्ने अवस्था आएको अध्यक्ष गाउँलेले दैलेख प्रस्थान गनुअघि प्रतिक्रिया दिए । स्मरण रहोस्, अनुसन्धान प्रभावित पर्ने प्रधानमन्त्रीको कदमको मुलुकभरबाट पत्रकार, अधिकारकर्मी तथा राजनीतिक दलहरुले बिरोध गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार