‘प्रधानमन्त्री अब राष्ट्रपतिले नै छान्न पाउनुपर्छ’

२८ पुष २०६९, शनिबार १०:०२ मा प्रकाशित

काठमाडौं, २८ पुस । राजनीतिक गत्यारोध लम्बिरहेको परिवेशमा समस्या निकासबारे छलफल गर्न शुक्रबार राष्ट्रपति डा. रामवरण यादवले डाक्नुभएको विघटित संविधानसभामा प्रतिनिधित्व गरेका १९ राजनीतिक दलका नेताहरुको संयुक्त बैठकमा नवौँपटक थपिएको समयभित्र पनि सहमति नभए राष्ट्रपतिलाई प्रधानमन्त्री चयनको अधिकार दिने गरी दलहरूबीच सहमति गर्नुपर्ने प्रस्ताव आएको छ । नेकपा उमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सो प्रस्ताव गरेका हुन् । बैठकमा दलहरूले निकास निकाल्न नसके दलहरूका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार खडा गर्न र उम्मेदवारहरू मध्येबाट प्रधानमन्त्री छनोट गर्ने अधिकार राष्ट्रपतिलाई दिन प्रस्ताव नेपालले गरेपछि एमाओवादी अध्यक्ष प्रचण्डले भने नयाँ चुनावकै लागि सहमति हुनुपर्ने तर्क गरेका थिए ।
‘दलहरूले सहमति जुटाउन नसके सबैले आ–आफ्ना उम्मेदवार खडा गरौँ र राष्ट्रपतिलाई प्रधानमन्त्री छान्ने अधिकार दिउँ’, नेता नेपालको प्रस्ताव थियो । तर, प्रचण्डले दलहरूबीच सहमति नभए मुलुक निकै अप्ठेरो अवस्थामा पुग्ने बताउँदै आफूहरूले भट्टराई नेतृत्वकै सरकार भनेर नबस्ने उल्लेख गरेका थिए ।
संयुक्त बैठकमा कांग्रेस एमालेका नेताहरूले भने सहमतिको प्याकेज निर्माण गर्दा पहिले मिलेका कुरामा माओवादी अडिक भए निकास निस्कने बताउँदै यसअघि भएको अनौपचारिक सहमतिमा अडिन दाहाललाई आग्रह गरेका थिए । यसअघि दाहालसहित प्रमुख तीन दलका शीर्ष नेताले निर्वाचनको संवैधानिक व्यवस्थापन र कांग्रेस सभापति सुशील कोइरालालाई चुनावी सरकारको नेतृत्व दिने अनौपचारिक समझदारी गरेका थिए । ‘पहिले मिलेका कुरामा अडिएर सिरियस कुरा गर्ने हो भने निकास निस्कन्छ’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकमा आफ्नो राय पेस गरे । नेकपा–माओवादीका सचिव देव गुरुङले भने चालु प्रक्रिया लम्ब्याउनुको औचित्य नभएको बताउँदै सहमतीय प्रधानमन्त्री चयन हुन नसके विघटित संविधानसभाको संख्यात्मक शक्ति सन्तुलनमा बहुमतको प्रतिनिधित्व गर्नेगरी नयाँ सरकार बनाउनु पर्ने तर्क राखेका थिए ।
सहमतीय सरकार गठनका लागि नवौँपटक थपेको समय भित्र पनि सहमति नभए अब अर्कोपटक आफूले के गर्नुपर्ने हो दलहरूबाटै सुझाव आउनु पर्ने राष्ट्रपतिको आग्रह थियो भने प्रधानमन्त्री भट्टराईले चाहिँ दलहरूबीच सहमति बने आफू त्यसलाई मान्न तयार रहेको बताएका थिए । ‘ तपाईंहरूले सहमति गर्न सक्नु भएन, दलहरूले सकेनन् भन्दैमा म संविधानको परिधिबाहिर जान मिल्दैन, केही नगरी संकट हेरेर बस्न पनि मिल्दैन, मैले के गर्नु पर्ने हो तपार्इंहरू नै भन्नुस् भन्दै राष्ट्रपति यादवले संवैधानिक रिक्तता र संवैधानिक आयोगका पदाधिकारी नियुक्तिलगायतको पदपूर्तिका लागि सिफारिस भएका अध्यादेशहरू स्वीकृत गर्न पनि दलहरूको सहमति चाहिने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार