विदेशी मुद्रा तस्करीमा एसएसपी रबिराज नै संलग्न रहेको खुलासा

२८ पुष २०६९, शनिबार ०९:४२ मा प्रकाशित

काठमाडौं, २८ पुस । गत असोज १९ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई उड्न लागेको जहाजमा बिनोद सोनी नामक व्यापारीबाट बरामद भएको १ करोड २४ लाख बराबरको बिदेशी मुद्रा तस्करीमा एसएसपी रबीराज श्रेष्ठको मुख्य संलग्नता रहेको पुष्टि भएको छ । एसएसपी श्रेष्ठका सवारी चालक शोभित कार्की गत बिहिबार बिराटनगरबाट पक्राउ परेका र उनले आफूलाई तस्करी एसएसपी श्रेष्ठले नै संलग्न गराएको बयान दिएपछि यो खुलासा भएको हो । ब्युरोमा बयान दिने क्रममा उनले बिमानस्थलमा श्रेष्ठको चालक भएदेखि नै तस्करीको काममा लागेको बताएका छन् ।
उनले प्रहरी बयानका क्रममा भनेका छन्, ‘मलाई बिमानस्थलको गेटमा पहिलो पटक बिनोद सोनीलाई भेट्न एसएसपी साुबले पठाउनुभएको थियो, सोनीले मलाई किताबजस्तो आकारमा र्‍याप गरेको सामान ल्याएर दिन्थे, मैले सुरक्षा जाँच पार गराएर अन्तिम ढोकासम्म पुर्‍याउने काम गर्थे ।’ उनले सोनीकै जसरी न्यरोडमा मोबाइल पसल गर्ने राजेश अग्रवालको समेत बिदेशी मुद्रा पास गराउने बयान दिए । यति मात्र नभई अवैध विदेशी रकम सुरक्षाको अन्तिम ढोकासम्म पुर्‍याउने र फर्किदा जहाजमै तिनीहरुले दिएको सुन लिएर गोल्डेनगेटसम्म पुर्‍याइदिने गरेको समेत उनले खुलासा गरेका छन् । अहिलेसम्म विदेशी मुद्रा कारोवारमा मात्र संलग्नता रहेको ठानिएका एसएसपी श्रेष्ठ सुन तस्करीमा समेत संलग्न रहेको नयाँ खुलासा भएबाट उनीमाथि कारबाहीको आधार बढेको छ । अभियुक्त शौरभले आफूलाई भागेर भारत गई बस्न श्रेष्ठले आदेश दिएकोसमेत बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार