दुर्गममा स्वास्थ्यकर्मीको मनपरी, चार बर्षदेखि प्रमुख काजमा

२८ पुष २०६९, शनिबार ०८:४९ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही २८ पुस । स्वास्थ्यकर्मीको अभावमा बेलैमा उपचार नपाउँदा एक महिलाको ज्यान गएको छ । ह्वाङदीमा भएको इलाका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएकाले अमृताले समयमा उपचार गर्न नपाएर उनको मृत्यु भएको परिवारले बताएका छन् ।
बाहिर उपचार गर्न लाने पैसा नभएको र गाउमा स्वास्थ कर्मिपनि नभएको कारण उपचारबाट उनको मृत्यु भएको श्रीमान बाजीराम घर्तीले बताए । गाउँमा स्वास्थ्यकर्मी बसेको भए समयमै उपचार गरिने र नौ दिनदेखि ज्वरोले थला पर्न नपर्ने स्थानीय प्रेम घर्तीले बताए । २०३६ सालमा स्थापना भएको त्यहाँको ईलाका स्तरीय स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीको मनपरी छ । ६ जनाको दरबन्दी रहेको उक्त स्वास्थ्यचौकी धेरैजसो पियनको भरमा सञ्चालन हुने स्थानियको भनाई छ ।
दरबन्दीमा भएका हेल्थ असिस्टेण्ट खिमबहादुर ज्ञवाली चार वर्षदेखि जिल्ला अस्पत्ताल तम्घासमा काजमा छन् । हेल्थ असिस्टेण्ट, अहेव, अनमी, ग्रासका एक–एकजना र २ जना कार्यालय सहयोगीको दरबन्दी रहे पनि कहिलेकाहीँ आफु एक्लैले सेवा दिने गरेको र आफु नहुँदा औषधी दिने कोही नहुने सिनीयर अहेव प्रेम घिमिरेले बताए ।
हेल्थ असिस्टेण्टलाई चारवर्षदेखि जिल्लामा काजमा राखेर काम गराईएको छ र्अयालले भने – ‘एकजना अनमी कहिले आउने कहिले नआउने, म तलव लिन, तालिम, गोष्ठी र भ्याक्सीन लिन जाँदा औषधी दिने सम्म कोही हँदैन ।’
ग्रामिण स्वास्थ्य कार्यकर्ता घनश्याम भण्डारीको तीन वर्षअघि मृत्यु भएपछि अहिले उक्त पद पनि खाली रहेको उनले बताए । स्वास्थकर्मीको हेलचक्राईले विरामीलाई समस्या परेको स्थानियको गुनासो छ सोहि गाविसको ५ वार्डका हवल्दार ओम बहादुर थापाले औषधी दिने कोही नभएपछि फर्केर खालीहात आउनुपर्ने अवस्था स्वास्थ्यचौकीमा रहेको गुनासो गरे ।
‘विरामी भएर अस्पताल गइन्छ, औषधी दिने कोही हुँदैनन, त्यत्तिकै फर्केर आउनुपर्छ’, उनले भने । अनमी पनि स्थानिय नभएको कारण सरुवामै बढी जाने गरेको स्थानियको भनाई छ । सरकारले स्थानियलाई नै बढी प्राथामिकता दिनु पर्दछ स्थानिय चुरामणि अर्यालले भने । पाँच गाविसको स्वास्थ्य चौकी भएपनि कोही सुत्केरी गराउन आयो भने आपत हुन्छ । अर्यालले भने स्वास्थकर्मी गाउँमै बस्ने वातावरण बनाउन जनताको पहलमा आवास, खानेपानी, विजुली सबैको व्याबस्था मिलाए पनि अहिलेसम्म बाहिरबाट आउनेले वास्ता नगरेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति