औद्योगिक क्षेत्र विस्तार नहुँदा नयाँ उद्योग सञ्चालन हुन नसकेको गुनासो

२८ पुष २०६९, शनिबार ०४:५९ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २८ पुस । नवीनतम औद्योगिक विकास सहकारी संस्था लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठकले सरकारले लामो समयसम्म औद्योगिक क्षेत्र विस्तार गर्न नसक्दा नयाँ उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायी समस्यामा परेको बताउनुभयो । उहाँले लगातारको लोडसेडिङ तथा औद्योगिक क्षेत्रको अभावमा पनि राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएका उद्योगी व्यवसायीहरुको समस्या समाधानप्रति सरकार गम्भिर नबनेको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी अञ्चल सचिव खिमलाल भट्टराईले राजनितिक स्थीरता नहुंदासम्म औद्योगिक क्षेत्रको विकास हुन नसक्ने उल्लेख गर्दै उद्योगी व्यवसायीहरुलाई राजनीतिक अस्थिरतासंगै लोडसेडिङको समेत चुनौती थपिएको बताउनुभयो । उहांले राज्यको गलत औद्योगिक नीतिका कारण सरकारी स्तरबाट संचालित उद्योगहरु बन्द भइरहेको उल्लेख गर्दै औद्योगिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष एजाज आलमले औद्योगिक विकासका लागि आवश्यक पर्ने औद्योगिक क्षेत्रको स्थापना, कच्चा पदार्थको आपूर्ति एवं औद्योगिक लगानी बढाउने उद्देश्यका साथ सहकारी संस्था स्थापना गरिएको बताउंदै आगामी २ वर्षभित्र सहकारीमार्फत नयां औद्योगिक क्षेत्र स्थापना गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष डम्मरदेव अर्याल, नेकपा माओवादीका भरत रेग्मी, रुपन्देही व्यापार संघका महासचिव यमलाल लोहनी, बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष उज्ज्वल कसजु, सितल सहकारीका अध्यक्ष सुरेन्द्र मुनी शाक्य, तिलगंगा सहकारी संस्थाका अध्यक्ष गम प्रसाद रेश्मी लगायतले नविनतम औद्यँेगिक विकास सहकारी संस्थाले औद्योगिक विकासको लागि चालेको कदम सह्राननीय भएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको