महायज्ञमा दानबीरहरुको ओइरो

२८ पुष २०६९, शनिबार ०४:५१ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २८ पुस । जातीय सद्भावका लागि क्षत्री समाज रुपन्देहीले बुटवलमा आयोजना गरेको श्रीमदभागवत धनधान्याञ्चल विशिष्ट पुजा अर्चना जातीय सद्भाव ज्ञान महायज्ञमा दानबीरको ओइरो लागेको छ ।

यज्ञको सातैदिन रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका जिल्लाबाट पनि सयौँको सङ्ख्यामा झक्तजनहरुको सहभागिता रहेको आयोजकले बताएका छन् । सातौँ दिनसम्म नगदी तथा जिन्सी गरि करिब दुई करोड पचास लाखभन्दा बढि संकलन भएको छ । सातौँ दिन शुक्रबार ४२ लाख एकहाजर १ सय ११ संकलन भएको छ ।

शुक्रबार रुपन्देही पिलियाका धनबहादुर खत्रीले सात लाख सात हजार सात सय सात, मोतिपुरकी रेनुका कार्की सात लाख एक हजार एक सय एघार, क्षत्री समाज नेपाल देबदह गाबिसबाट सात लाख मुख्य दान संकलन भयो ।

समाजमा सबै जातजातीका विचमा सद्भाव जगाउनका लागि आयोजना गरिएको महायज्ञमा सबै समुदायले आर्थिक, सामाजिक तथा मानवीस्य सहयोग गरिरहेका छन् । गोप्य दान गर्नेको संख्या अधिक रहेको र सो दान आज घोषणा हुने यज्ञ मुल सम्पादन समितिका महासचिब लिलबहादुर क्षेत्रिले बताउनुभयो । आफुहरुको लक्ष्यअनुसारको आर्थिक दान जुट्ने समाजका केन्द्रिय अध्यक्ष प्राध्यापक डा. दिलबहादुर क्षत्रीले बताउनुभयो । उहाँले सबै समुदायलाइ महायज्ञमा सक्दो सहयोग गरेर समाजमा जाति सद्भाबका लागि सहयोग पुर्याउन आग्रह गर्नुभयो । महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेलले संगीतमय कथा बाचन गरिरहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार