बैशाखमा निर्वाचन हुँदैन : महरा , दोहोरयाएर निर्वाचनको कुरा गर्ने अवस्था आउनु लज्जास्पद : देउवा

२७ पुष २०६९, शुक्रबार २१:३३ मा प्रकाशित

काठमाडौं, २७ पुस । एमाओवादीका नेता कृष्णबहादुर महराले बैशाखमा निर्वाचन हुने संभावना कम हुँदै गएको स्वीकार गरेका छन् । गोर्खाको ऐतिहासिक व्यापारिक स्थल आरुघाट बजारमा सुरु भएको आरुघाट महा्त्सव २०६९ को उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले पर्दा पछाडि बस्नेहरुले सहमति भाँँडेको आरोप लगाए । उनले निर्वाचन गर्नका लागि राष्ट्रपतिले दिएको समयमा पनि सहमति नभए संविधान पुनस्थापना गरिनुपर्ने आफ्ना अध्यक्ष प्रचण्डको प्रस्ताव सही रहेको जिकीर गरे ।
गोरखा उद्योग वाणिज्य संघ आरुघाट एकाइले आयोजना गरेको उक्त प्रथम आरुघाट महोत्सवको उद्घाटनमा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुशील कोइरालालाई प्रधानमन्त्री बनाई राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा अघिसारे । समारोहलाई सम्बोधन गर्दै नेता देउवाले संविधान निर्माणका लागि पुनः निर्वाचन गर्नुपर्ने आवश्यकता आउनु नै लाजमर्दो भएको बताउँदै देशमा आएको संवैधानिक रिक्तताका कारण राजनैतिक निकास निकाल्न नसकिएको बताए । राजनैतिक स्थिरताले मात्र देशको आर्थिक उन्नति हुने बताउँदै नेता दउवाले आरुघाटलाई तिब्बत सागको व्यापार वृद्धि गर्ने नाकाका रुपमा विकास गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री देउवाले निर्माणका लागि अध्ययन भैरहेको बुढी गण्डकी जलविद्युत्त परियोजनालाई सफल बनाउनु पर्ने र त्यसले मात्र नेपालमा बढ्दो लोडसेडिङ अन्त्य हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको